अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

ट्रम्पको प्रतिबन्ध बिरुद्ध भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो आक्रोश

बिआरटीनेपाल २०७४ साउन १२ गते ६:०४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रजातन्त्रलाई समर्थन नगरेको भन्दै भेनेजुएलाका १३ जना नेता तथा सैनिक अधिकारीमाथि प्रतिबन्ध लगाइदिए पछि भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकी कदम गैरकानुनी भएको भन्दै त्यसको बिरोध गरेका छन् । अमेरिकाले भेनेजुएलाको सेनाका प्रमुख, राष्ट्रिय प्रहरीका निर्देशक, राष्ट्रिय निर्वाचन परिषदका प्रमुख र एक भुतपूर्व उपराष्ट्रपति विरुद्ध प्रतिबन्ध लगाएपछि निकोलस मडुरोले अमेरिकी कदम गैरकानुनी, अभद्र र अप्रत्याशित भएको भन्दै बिरोध गरेका हुन् ।

मदभेदले उग्र रुप लिएपछि राजधानी कराकस र अन्य शहरमा सडकहरुमा अवरोध गरिएको छ भने पश्चिमी नगर मेरिदामा प्रहरी र प्रदर्शनकारी बीचको झडफमा एक पुरुषको ज्यान गएको छ।

प्रतिक्रिया