अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

डिसी महानगरकि नगर प्रमुखले अधिवक्ता अधिकारीलाई आयोग सदस्यको पदको सपथ ग्रहण

बिआरटीनेपाल २०७४ साउन १० गते ८:४० मा प्रकाशित

नेपाली मूलका अधिवक्ता निरन्जन अधिकारीलाई वासिङ्टन डिसीका नगर प्रमुखले वासिङ्टन डिसीमा आज एक समारोह बिच आयोग सदस्यको पदको सपथ ग्रहण गराएकी छिन् l उनी लगायत अन्य आयोग सदस्यहरूलाई पनि सपथ ग्रहण वासिङ्टन डिसी महानगर कि नगर प्रमुख म्युरिएल बाउजरले गराएकी हुन् l आज अधिकारीले अमेरिकाको पूर्वीय समय अनुसार साँझ ५ बजे सार्वजनिक रूपमा सपथ ग्रहण गरेका हुन् l

अधिकारीलाई म्युरिएल बाउजर ले एसियन तथा प्रशान्त द्विप वासी समुदाय विकास आयोग सदस्यमा गत मे ५ तारिखमा मनोनयन गरेकी थिइन् l आजै सपथ ग्रहण गरेका अधिकारीको कार्यकाल ३ वर्षको लागि हुने छ l उनी अप्रिल १७ ,२०२० सम्म को लागि सम्म जिम्मेवार बहन गर्ने भएका छन् l

उनले ईनेप्लिज सँग कुराकानी गर्दै डिसी क्षेत्रमा रहेका एसियन तथा प्रशान्त द्विप वासीहरुका सामुदायिक समस्याको लागि काम गर्न उत्सुक रहेको बताए l कुनै पनि समस्या भएमा डिसी महानगर का प्रमुखको कार्यालयमा कुराहरू राख्न सुझाव दिएका छन् l अधिकारीले अगाडी थप कुराहरू राख्दै अव आफूलाई दिएको जिम्मेवारी प्रति केन्द्रित हुने र आफूले पाएको अवसर लाई कार्यकाल भर ईमान्दारी साथ काम गर्ने प्रतिबद्धता गरेका छन् l

आयोग सदस्य अधिकारी कानुन व्यवसायी हुन् भने उनको आफ्नो कानुन परामर्श केन्द्र डिसीमा सञ्चालनमा रहेको छ l आयोगमा रहेका सदस्यहरूले सहर विकासको लागि राय ,सल्लाह र सुझाव दिने गर्दछन् l सामुदायिक नियुक्ति भएकोले हरेक महिना बैठकमा सहभागी हुनु पर्ने अधिकारीले बताए ।

प्रतिक्रिया