अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

ड्यालस टेक्ससको शक्ति केन्द्र मन्दिरमा भव्य साउने सोमवार पूजा सम्पन्न

बिआरटीनेपाल २०७४ साउन २ गते २२:३३ मा प्रकाशित

आज साउन महिनाको पहिलो सोमबार। हिन्दु धर्मालम्बीहरू महिलाहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन्। हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो। यस दिन धेरै महिलाहरू भगवान् शिवको व्रत बस्दछन्। 

साउनको सोमबार नेपालमा मात्र हैन नेपाली महिलाहरू भएको देशहरू अमेरिका अस्ट्रेलिया तथा युरोपका देशहरूमा समेत विशेष महत्त्वका साथ मनाउन थालिएको छ।

आज टेक्ससको नेपालीहरूको मन्दिर शक्ति केन्द्र ड्यालास मा साउने सोमवारको विशेष पूजा अर्चना सम्पन्न भयो। शक्ति केन्द्र मन्दिरका गुरु पण्डित तुलसीराम कडेलका अनुसार आज बिहान देखि झन्डै १५० महिलाहरूले मन्दिरको दर्शन तथा बिहान र साँझको पूजामा सहभागी भएका थिए।

पण्डित तुलसीराम कडेलका अनुसार यस पटक साउनमा ५ वटा सोमबार परेका छन्। ५ वटा सोमबार नै शक्ति केन्द्र मन्दिर साँझ ७ बजे विशेष पूजा अर्चना गरिने छ। साउन महिनाको सोमबार नेपालमा पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रदालु भक्तजनहरुको घुइचो लाग्ने गर्दछ।

साउनमा महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर यस महिना आएको महसुस गराउदछन् भने भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन्। साउनमा अबिबाहित महिलाहरू शिव जस्तै वर पाम भनी पनि ब्रत बस्ने गरेको पाइन्छ भने विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू