अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३४ | Colorodo: 22:49

ट्रंप प्रशासनद्वारा अध्यागमन विभागलाई १५ हजार विदेशी कामदार भित्र्याउने अनुमति प्रदान

बिआरटीनेपाल २०७४ साउन २ गते २१:५६ मा प्रकाशित

पूर्ववर्ती ओबामा सरकारको आप्रवाशन नीति प्रति अनुदार रहेको आरोप खेप्दै आएको ट्रंप प्रशासनले कामदारको अभावमा रुग्ण बन्दै गएको अमेरिकी उद्योग धन्दालाई राहत पुर्‍याउने उद्धेश्यले डिपार्टमेन्ट अफ होमल्याण्ड होमल्याण्ड सेक्युरिटीलाई १५००० (एच-२बी ननइमिग्रेन्ट भिसा) विदेशी गैर कृषि अस्थाई कामदार भित्र्याउने अनुमति प्रदान गरेको छ ।

होमल्याण्ड सेक्रेटरी जोन केली र लेबर सेक्रेटरी अलेक्जेन्डर अकोस्टा बिच भएको छलफल पछि सोमबार अध्यागमन विभागले सार्वजनिक गरेको जानकारी अनुसार रुग्ण बन्दै गएको अमेरिकी उद्योग धन्दालाई राहत पुर्‍याउने उद्धेश्यले १५, ००० गैर कृषि विदेशी अस्थाई कामदार भित्र्याउने अनुमति प्रदान गरिएको हो ।

ट्रंप प्रशासनले दिएको अनुमतिसंगै मौसमी उद्योग धन्दा अन्तर्गतका होटेल, रिसोर्ट, सीफुड प्रदायक कम्पनी, ल्यान्डस्केप कम्पनीहरूले अस्थाई कामदार भित्र्याउ सक्ने छन् । यसै प्रयोजनका लागि अमेरिकी काँग्रेसले यो आर्थिक वर्षमा ६६, ००० विदेशी कामदार भित्र्याउन सकिने अधिकार दिएकोमा गत मे महिनामा यो सङ्ख्या थपेर ७०, ० ०० विदेशी कामदार भित्र्याउन सकिने अधिकार डिपार्टमेन्ट अफ होमल्याण्ड होमल्याण्ड सेक्युरिटीलाई प्रदान गरेको थियो ।

द एच-२बी कोलुसनले ट्रंप प्रशासनको यो निर्णयले साना उद्योग धन्दालाई राहत दिने प्रतिक्रिया दिएको छ ।

ट्रंप प्रशासनको यो निर्णयलाई अमेरिकी रोजगार बजारका विज्ञहरुले अमेरिका फर्स्ट भन्ने राष्ट्रपतिको चुनावी नारा असफल भएको भन्दै अमेरिकी रोजगार दाताले पाउदै आएको अवसर गुम्ने र उच्च भुक्तानीमा काम गरिरहेका कामदारको तलबमा कटौती आउन सक्ने सम्भावना व्यक्त गरेका छन् । उता व्हाइहाउस प्रवक्ता सीन स्पाइसरले ट्रंप प्रशासन मेरीटमा आधारित अध्यागमन नीतिमा केन्द्रित रहेको बताउँदै मौसमी कामदार भित्र्याउने अनुमतिसंगै दक्ष कामदार भित्रिने र कामदारको अभ्वाले रुग्ण साना तथा मझौला उद्योग धन्दाले राहत पाउने विश्वास व्यक्त गरेका छन् ।

ट्रंप प्रशासनको पछिल्लो लचिलो अध्यागमन नीति प्रति गरिएको आलोचना तर्फ लक्षित हुँदै डिपार्टमेन्ट अफ होमल्याण्ड होमल्याण्ड सेक्युरिटीले भनेको छ, ‘सरकारले विदेशी कामदार भित्र्याउन दिएको अनुमतिसंगै यस्तो भिसाको दुरुपयोग र कामदार माथि हुन सक्ने शोषण अनुगमन र नियन्त्रण गर्ने संयन्त्र समेत तयार गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू