अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

मन्त्रीबाट हटेको ४० दिनमा पनि प्रचण्डका मन्त्रीले क्वार्टर छाडेनन्

बिआरटीनेपाल २०७४ साउन १ गते २१:०८ मा प्रकाशित

गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् । मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइब को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफैं लिएर हिँड्ने गरेका छन्।

नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री मन्त्री क्वार्टरबाट आफ्नो सामान सारेका छैनन्। मन्त्रीबाट हटेको दुई तीन दिन भित्रै आफ्नो सामान सारेर साँचो बुझाउनुपर्ने भए पनि मन्त्रीबाट हटेको ४० दिन बितिसक्दा पनि पूर्वपर्यटन मन्त्री देवले मन्त्रीक्वार्टर छोडेका छैनन्।

मन्त्रीबाट हटेको करिब २० दिन क्वार्टरमा बसेका देव अहिले पनि सामान मात्र राखेर साँचो लिएर हिँडेका छन्।आजको नेपाल समाचार पत्रमा खबर  छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू