अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

राष्ट्रसंघीय मन्चमा परियारको प्रस्तुति

बिआरटीनेपाल २०७४ असार ३० गते ७:५६ मा प्रकाशित

न्युजर्सीकि महिला सामाजिक कार्यकर्ता विष्णु माया परियार (बिद्या वारिधि)ले राष्ट्रसंघीय उच्च राजनीतिक मन्चमा आयोजित एक कार्यक्रममा नेपालमा हुने बलजफ्ती, बाल तथा दबाब मूलक विवाह बारेमा दमदार प्रस्तुति गरेकी छिन् l उनले उक्त मन्चमा बलजफ्ती, बाल तथा दबाब मूलक विवाह उन्मूलन सम्बन्धी गोष्ठीमा दयनीय अवस्था बारेमा जानकारी गराईन l उनले गत मङ्गलवार जुलाई ११ तारिख राष्ट्रसघ भवनको सभा कक्षमा बोलेकी हुन् l 

मानव अधिकार निगरानी (वाच )को प्रतिवेदन अनुसार प्रत्येक वर्ष १८ वर्ष भन्दा कम उमेरका १ करोड ५० लाख किशोरीहरुको विवाह हुने गरेको छ l यसको साथै १५ वर्षको उमेरमा विवाह हुनेहरु करिब १० प्रतिशत रहेको छ l एसियन मूलकमा भारत र बङ्गलादेश पछि नेपाल बालविवाहको उच्च दर भएको तेस्रो मुलुक हो l जोन्टा अन्तर्राष्ट्रियका लागि युएन समितिकी लेस्ली राइटले सञ्चालन गरेको उक्त कार्यक्रममा वक्ताको रूपमा एडवन नेपालकी संस्थापक तथा जर्सी सिटि डाईभर्सिटी एण्ड इन्क्लुजनकि सल्लाहकार विष्णु माया परियार, युनिसेफ अमेरिकाको फिल्ड इन्गेजमेन्ट र ग्लोबल प्रोग्राम प्रवन्धक क्याटलिन मेककर्न, जाम्बियाको राष्ट्रसंघ मिसनकि कार्यकारी प्रमुख क्रिस्टिन कालामबिना लगायत अन्य रहेका थिए l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू