अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

भरतपुर महानगरपालिको मतपत्र च्यातिएको मुद्धा सोमबार सुनुवाई हुने

बिआरटीनेपाल २०७४ असार २३ गते ४:५१ मा प्रकाशित

 

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ माको बिबादित मुद्धाबारे सोमबार सुनुवाई हुने भएको छ । भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा नेकपा माओवादीका प्रतिनिधिले जेठ १४ गते राती मतपत्र च्यातेपछिको बिबाद अदालत सम्म पुगेपछि आउँदो सोमबार अर्थात असार २६ गते यो मुद्धाको सुनुवाई हुने भएको हो ।
म्तपत्र च्यातिय पछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गर्ने निर्णय गरेको थियो । तर आयोगको त्यो निर्णयविरुद्ध भरतपुर १९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र भरतपुर १९ कै मतदातासमेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले अदालतमा रिट दायर गरेका थिए ।

२८६८ मत खसेको यो वडामा १८ सय मत गनेर नतिजा सर्वाजनिक गर्दा सम्म भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेणु दाहाल, नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली भन्दा ७ सय ३३ मतले अघि थिईन् । थप ४ सय मत गणना भएको र त्यसको नतिजा सार्वजनिक हुनुअघि नै माओवादीका प्रतिनिधले मतपत्र च्यातेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू