अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४ | Colorodo: 17:09

गायिका उमाले पुर्णिमाको जुनलाई फेल गराएपछि…..(भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार १८ गते १२:१९ मा प्रकाशित

तीज आउन केहि दिन मात्र बाकी छ । तर यतिवेला भने संगितिक क्षेत्रका गायक–गायिकाहरुलाई भने तीज आईसेकेको छ । बर्षा सिजन भएकाले कार्यक्रमहरुमा भने खासै व्यस्त नहुने मौका छोप्दै लोकगितसंगित क्षेत्रका गायक–गायिकाहरुलाई भने तीजले छोपिसकेको छ । उनीहरुलाई यतिवेला तिजै चटारो छ । यसैक्रममा यतिवेला गायक खुमन अधिकारी र गायिक उमा गिरी पनि यसै चटारोमा देखिएका छन् ।

हरेक बर्ष एक पछि अर्को गर्दै नयाँ तीजका गीत बजार ल्याउन सफल गायिक उमाले आफ्नै लय तथा शब्दमा नयाँ गीत बजारमा ल्याएकी छिन् ।यो बर्षको तीजमा उनले पुर्णिमाको जुन पनि फेल खुवाउदै छिन् । उनले बजारमा यतिवेला ल्याएको ‘पूर्णिमाको जुन पनि फेल खानी’ निकै चर्चामा छ । गीत मात्रै होईन् यतिवेला उनले गीतसगैँ सार्वजनिक गरेको म्यूजिक भिडियो पनि चर्चा कमाउदै युटुवमा भईरल बन्दै गएको छ । 

हिन्दु नारीहरूको महान चाड हरितालीका तीज नजिकिएसगैँ गायिका उमा गिरीले गायक खुमन अधिकारीको समेत साथ लिदै ‘पूर्णिमाको जुन पनि फेल खानी’बोलको गीत सार्वजनिक गरेकी हुन् ।
तीजमा हरेक बर्ष नयाँ गीत आएकै हो उनले भनिन् यस बर्ष अलि फरक नयाँ तरिकबाट गीत बजारमा भिडियोसहित ल्याएकी छु । सुरुमै राम्रो प्रतिक्रिया छ ।आफुहरुले २ दर्जन बढी गीतहरु गाए पनि यो पटक आफु यो गीतबाट थप चचाए आउने दावी पनि उनले गरिन् ।
उमा गिरीको शब्द संगीत रहेको यस गीतमा चर्चित मोडेल बब्बु थापा र अपेक्षा बस्यालको निकै नै राम्रो अभिनय रहेको छ । एकिन्द्र सारा शंकरको निर्देशन तथा छायांकन हरिश महराको रहेको  भिडियो अमर शाक्यले सम्पादन गरेका हुन्  ।

प्रतिक्रिया