अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

न्युयोर्क स्थित ब्रोंक्स–लेबानोन अस्पतालमा अन्धाधुन्ध गोली चलाएर अन्तत आफ्नै हत्या गरे डाक्टरले

बिआरटीनेपाल २०७४ असार १८ गते ६:१० मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा रहेको एक अस्पतालमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर अन्तत सोहि पोस्तोल प्रयोग गरी एक डाक्टरले आत्महत्या गरेका छन् । अस्पताल र आफुमाथी गोली चलाउने ति ब्यक्ती अस्पतालका पूर्व डाक्टर हेनरी बेल्लो रहेका छन् ।

एक हजार शैयाको ब्रोंक्स–लेबानोन अस्पतालमा गोली चल्दा अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था चिन्ताजनक गरेको अस्पतालका अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्व डाक्टर हेनरी बेल्लोले अस्पताल परिसरमा अन्धाधुन्ध गोली चलाएर आफुलाई पनि गोली हानेपछि उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।चिकित्सक बेलोले अन्त्यमा आफ्नो टाउको गोली हानेर आत्महत्या गरेका थिए ।  ‘फेमिली मेडिसिन’ सम्बन्धी ४५ वर्षे डाक्टर चिकित्सक बेलोलाई सन् २०१५ मा यौन दुराचारको आरोपमा अस्पतालको जिम्मेवारीबाट हटाइएको जनाइएको छ । प्रहरीका अनुसार सन २००४ मा २३ वर्षीया महिलामाथि यौनदुव्र्यवहार गरेको आरोपमा बेलो पक्राउ  परेका थिए ।

घटनापछि गोली कुनै आतंकबादी संगठनले चलाएको हुन सक्ने आशंका गरिएको भएपनि न्युयोर्कका मेयर बिल डी ब्लासिओले गोली अरु कसैले नभई डाक्टर हेनरी बेल्लोले नै चलाएको प्रमाणित भै सकेको बताएका छन् ।

 

प्रतिक्रिया