अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 00:04

अमेरिकाको आन्द्र महसागर सामुन्द्रिक तटमा घन्कियो नेपाली पञ्चेबाजा

बिआरटीनेपाल २०७४ असार १२ गते ९:५२ मा प्रकाशित

अमेरिकाको बाल्टिमोर स्थित आन्द्र महासागरको सामुन्द्रीक तटको रौनक आईतवार फरक ढंगले सजिएको थियो । नेपालबाट कोशौं टाढा रहेका बाल्टिमोर बासी नेपाली आफ्नो बिदाको दिन पारेर आन्द्र महसागर सामुन्द्रिक तटको गण पाउडर स्टेट पार्कमा नेपाली नौमती बाजाको झंकारमा झुमरहेका देखिन्थें, संगै थियो नेपालीहरुले नै राखेको पिकनिक समारोहको उल्लास ।

नेपाली संगीत मोह परदेशमा झन् गाडा हुने बताईरहेका उपस्थित नेपालीले नौमती बाजा नेपालबाट नै झिकाइएको जानकारी दिए । सांगितीक परिभेषको कार्यक्रमा म्याग्दी जिल्लाका अमर छन्त्याल (गुर्जा ), राम भण्डारी (मुना), ईन्द्र बहादुर थापा (सिँगा), डम्बर कार्की (राखु ), पारश मणी श्रेष्ठ (मुना फल्लेगाउँ ), हेम छन्त्याल (बाग्लुङ्ग बुर्तिबाङ्ग ) लगायतका कलाकारहरुले पन्चे बाजाका सामानहरु बजाएका थिए।

नेपाली लोक संस्कृतिकलाई प्रवासमा पनि स्थापित गर्ने उद्येश्यले यसरी नेपाली बाजाहरु अमेरिकामा झिकाएर कार्यक्रम राख्ने नेपालीहरु आफ्नो देश र संस्कृतिलाई भुगोलले छेक्न नसक्ने बताउँछन् ।

सात समुन्द्र पारी अमेरिकामा पनी नेपालको लोक संस्कृती सम्बर्धनको लागी बडो दुख र खर्च गरेर नेपाल देखी हामीले नौमती बाजाको सामानहरु अमेरिका ल्याएका हौँ – पुर्ब बेलायती सेनाका क्याप्टेन दल बहादुर रोकाले भने ।

कार्यक्रम आयोजक संस्था आमा समाज लेखिने आमा समुह का अध्यक्ष लिलु गुरुङ (गोरखा), जेनी तुलाचन (म्याग्दी रुम ), काजिम गुरुङ लगायतका महिला कार्यकर्ताहरुको सक्रियतामा पार्कको एक नम्बर शेल्टरमा पन्चे बाजामा रमाईलो गर्दै आमा समुहको बनभोज जमेको थियो।

यसैगरी, पार्कको सेल्टर नम्बर ४ मा कास्की समाज अमेरिकाको बार्षिक बनभोज आयोजना गरिएको थियो। बिदाको दिन एक नेपालीले अर्को नेपालीसंग आत्मियता साट्ने अवसरको रुपमा हेरिएको यो पिकनिकमा ५०० – ६०० जती नेपालीहरु ऊपस्थित थिए।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू