अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

 चुनाव प्रचार प्रचारका क्रममा संयमता अपनाउन दलहरुलाई निर्वाचन आयोगको आग्रह 

बिआरटीनेपाल २०७४ असार ५ गते ४:३२ मा प्रकाशित

उम्मेदवारी दर्ताका क्रममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो, जहाँ हंसबहादुर राउतको मृत्यु भएको छ ।

यस्तै कपिलवस्तुको बाडगंगामा बम विष्फोट हुँदा १० जना घाइते भएका थिए । निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर दुबै घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आयोगले निर्वाचन प्रचार प्रसारका क्रममा संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न र शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै राजनीतिक दल, उम्मेदवार, मतदातालाई अपील गरेको छ ।

साथै असार १४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्ने खालका कुनै पनि किसिमका घटना हुन नदिन सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू