अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

नेजा अमेरिकाले जुन १७ का दिन डालसमा ‘सांगीतिक साँझ’ गर्दै

बिआरटीनेपाल २०७४ जेठ १९ गते २३:४१ मा प्रकाशित

अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन (नेजा)अमेरिकाले यही जुन १७ गते ‘सांगीतिक साँझ’ आयोजना गर्ने भएको छ । विभिन्न दुर्घटनाका घाइते, बिरामी वा मृत्यु हुने पत्रकार र उनीहरुको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित नेजाको आपतकालीन कोषको सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेजाका क्षेत्रिय संयोजक किशन रेग्मीका अनुसार, ‘विभिन्न खाले गतिबिधि गर्दै आएको नेजाको यो कार्यक्रम डालसमा गरिने छ ।’
नेजा सांगीतिक साँझका आकर्षणमा लामो समय देखि नेपाली लोक गीतमा क्रियाशील चर्चित लोक गायक बिमल डाँगी रहेका छन् । डाँगी हाल अमेरिका कै न्यु योर्कमा बसोबास गर्दै आएका छन् ।

‘पानसमा बत्ति बालेको’ बोलको गीतबाट सर्वाधिक चर्चाको शिखरमा रहेका डाँगीले हालसालै परदेशीहरुको व्यथा समेटिएको ‘भैयो परदेशी’ बोलको गीत बजारमा ल्याएका छन् ।

त्यस्तै नेपाली आधुनिक पप गीतका अर्का सर्वाधिक रूचाइएका गाएक दिपेश किशोर भट्टराई पनि कार्यक्रमको आकर्षण हुन् । ‘मलाई माफ गरिदेउ’, ‘मेरा लोभी नजर’ बोलको गीतबाट नेपाल संगीत बजार हल्लाएका भट्टराई सांगीतिक साँझमा प्रस्तुति दिन डालस आउंदैछन् । उक्त अवसरमा उनले आफ्ना अन्य सुमधुर गीत गाएर मनोरञ्न दिनेछन ।

अन्य आकर्षणहरुमा ‘दुनियाँ बेग्लै छ’ बोलको गीतबाट देश विदेशमा रहेका नेपालीबाट चर्चा कमाएका समिर आचार्य अस्ट्रेलियाबाट अमेरिका आउंदै छन् । उनले हालै मात्र आफ्नो जन्मदिनको अवसरमा ‘नक्कली काली’ भन्ने गीत बजारमा ल्याएका छन् । ‘चट्ट सलाम छु, ‘कुटु कुटुु, ‘हैन भन्देउ न माया हैन’ जस्ता लोक पप गीत समिरले गाएका छन् । त्यस्तै गायिका गीता बुर्लाकोटीले पनि उक्त अबसरमा प्रस्तुत राख्ने छिन् । हाँस्य कलाकार नारायण त्रिपाठीले पनि साँझमा प्रस्तुती राख्ने रेग्मीको भनाइ छ ।

नृत्यमा ‘दर्पण छायाँ २’ कि नायिका सहारा कार्की, अदिती हमाल ठकुरी, अनु खड्का र स्थानिय कलाकारहरु हुनेछन् । चर्चित तथा अत्याधिक रूचाइएका कलाकारका कारण पनि सांगीतिक साँझ भव्य हुने आयोजकको दावी छ ।

सम्पूर्ण कलाकारहरुको प्रस्तुति जम्मा २० डलर मा राति १ बजे सम्म हेर्न पाइने छ । दर्शकले तिरेको पैसाको केही भाग कल्याणकारी कोषमा पनि जम्मा गर्ने आयोजकको योजना छ ।

प्रतिक्रिया