अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

एएनएसको स्वर्ण जयन्ति समारोह सफलताका साथ सम्पन्न, पूर्व अध्यक्षहरु सम्मानित 

बिआरटीनेपाल २०७४ जेठ १६ गते ३:५२ मा प्रकाशित
उत्तर अमेरिका कै नेपाली समुदायको सवै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (समाज) ५० बर्ष पुगेको उपलक्ष्यमा गत मे २८ तारिख स्वर्ण जयन्ति अद्वितीय प्रस्तुतिको साथ सम्पन्न गरेको छ l
 
५० बर्ष अगाडी १९६७ मा नेपालका लागी तत्कालिन अमेरिकन राजदुत मानार्थ सभापति एल्सवर्थ बंकरले नेपाल र अमेरिका बीच सम्बन्ध स्थापना गर्ने हेतुले स्थापना गरिएको एएनएस ले विविध कार्यक्रम पस्कदै पुन: समाजमा रक्तसंचार गराएको छ l 
 
मूल त अमेरिकामा जन्मेका दोश्रो पुस्तालाई  प्रमुख प्राथमिकता दिदै उनीहरु भित्र रहेका प्रतिभालाई प्रस्फुटन गर्ने सुवर्ण मौका दिएको छ l अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली भाषा बोल्न समेत असजिलो लाग्ने भएता पनि विश्व कै कुनै कुनामा गए पनि नेपाली पन र नेपाली मन भन्ने भावना लाई व्यवहारिक रुपमा प्रमाणित गर्न सफल भएका छन् l 
 
स्वर्ण जयन्ति कार्यक्रम बिसेष नृत्य ,गीत तथा नाचगान मा केन्द्रित रहेको थियो l उक्त साँस्कृतिक सांगीतिक कार्यक्रमको मुख्य संयोजन को भूमिका निर्वाह गर्ने प्रभा भट्टराई देउजाले सम्पूर्ण जिम्मेबार आफ्नो काँधमा लिएर कार्यक्रमलाई अभूतपूर्व सफल बनाउन कुनै कसर नछोडेको कार्यक्रमले प्रमाणित गरि दिएको छ l 
 
अमेरिका नेपाल सोसाइटीका पदाधिकारी ,स्वयम् सेवक तथा शुभ चिन्तकको बिशेष सहयोगमा कार्यक्रम अपार सफलता साथ सम्पन्न भएको छ l कार्यक्रममा अमेरिक सिनेटर ,सांसद तथा अन्य बिदेशीहरुले समेत शुभकामना को साथै मन्तब्य राखेका थिए l कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) को उपस्थिति रहेको थियो l 
 
स्वर्ण जयन्तिको अवसरमा कार्यक्रम सुरु गर्नु अगाडी रक्तदान कार्यक्रम राखिएको थियो भने ३९ जनाले रक्तदान गरेको जानकारी संयोजक सान कि अध्यक्ष मंजु कार्की संग्रौलाले दिएकी छिन् l 
 
यसै गरि ५० बर्ष पुगेको अवसरमा एएनएस हेरिटेज फोटो कन्टेस्ट नामक प्रतियोगिताको आयोजना समेत गरिएको थियो l उक्त प्रतियोगिताको संयोजन नेपाली दुताबास का छायाचित्रकार पत्रकार तथा वृतचित्र निर्माता/निर्देशक कुमार श्रेष्ठले गरेका थिए l 
 
उक्त प्रतियोगितामा प्रथम स्थानमा बज्रपानी नृत्य को तस्बिर बनाउने किजन शाक्य ,द्वितीय स्थानमा धौलागिरी हिमाल बनाउने संकल्प केसी तथा तृतीय स्थानमा नेपालको भूकम्प जानु अगाडी खिचेको तस्बिर बनाउने पाटन दरबार बनाउने मेरिना डंगोल भएका छन् l बिजेताहरुलाई क्यामेरा (चित्र ग्राहिणी ) प्रदान गरिने छ l 
 
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु राम मालाकार ,अनुप पहाडी (विधा वारिधि ) ,बिजया शाह ,प्रेम संग्रौला ,खेम भट्टचन ,ठाकुर पुडासैनी (विधा वारिधि ) आदिलाई सम्मान गरिएको थियो l
 
कार्यक्रममा सांस्कृतिक कार्यक्रममा सहभागी हुने सम्पूर्ण सहभागी कलाकार ,स्वयम् सेवक तथा सहयोग गर्ने लाई प्रशंसा पत्र प्रदान गरिनुको साथै डीसीका कराते खेलाडी उज्ज्वल ठकुरी तथा भारोत्तोलक रुप कार्कीलाई समेत सम्मान गरिएको थियो l  कार्यक्रमको सभापतित्त्व अध्यक्ष जीवन तिवारीले गरेका थिए l 
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू