अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

हामी एन आर एन हाम्रो एन आर एन – सोनाम लामा

बिआरटीनेपाल २०७४ जेठ ५ गते २२:१७ मा प्रकाशित

हाम्रो लक्ष्य हाम्रो सपना समृद्ध नेपाल यही जुनीमा हेर्ने चाहना । लाप्राक नमुना बस्ती प्रति अध्यक्ष घले, जमुना भाउजू, श्याम तामाङ्ग, पत्रकार भाइ राजेन्द्र भट्ट अनि म हामी त भयौ । एन आर एन लाप्राक हाम्रो लक्ष्य । बिचरा सुरेश चित्रकार न उनी एन आर एन हुन न उनलाई कर नै छ तरपनि हाम्रो यात्रामा हामी सँगसँगै खटेका छन् । यस पटकको लाप्राक यात्रा अर्को एउटा अविस्मरणीय क्षण बन्यो। बादलले आकाशलाई ढाकेपछि हामीले चाहेर पनि नचाहेर पनि अध्यक्ष घलेको नेतृत्वमा मेरै ल्याण्ड रोभरमा र एन आर एन ए को बोलेरोमा सडक मार्ग हुँदै लाप्राक पुग्ने निर्णय ग–यौ । 

त्यो त्यति सहज थिएन तर पनि हामी काठमाण्डौको ट्राफिकलाई स्विकार्दै थानकोटको बाटो हुँदै हामी मुग्लीन पार गर्दै लाप्राक तिर लाग्यौ । कच्ची बाटो झन् त्यस माथि अध्ंयारो हामीलाई आजै जसरी नि लाप्राक पुग्नु नै थियो । अध्ंयारो त्यस माथि झन् पानी परिदियो हामी बाध्य भएर बाटो मै बास बस्यौ । मलाई त केही थिएन मेरो चिन्ता थियो अध्यक्ष घले दम्पतीको बिना कुनै गुनासो त्यो सानो घर सानो कोठामा रात बिताए । अनि मनले सोचे किन सबै अध्यक्ष घले र जमुना गुरुङ्ग जस्तै सफल हुन सकेनन् । बिहान सबेरै करिब ६ बजे हामीले फेरी यात्रा सुरु ग–यौ । बाटो त्यति सजिलो थिएन रात भरीको पानीले बाटोको अस्तित्व नै मेटाउन कोसिस गरी रहेको थियो । एक मनले बाटो मै यात्रा रोकेर फर्किउ फर्किउ भनी रहेको थियो । अर्को मनले घले दम्पतीको लाप्राक पुग्ने बेग्र चाहनाले मैले मनको कुरा निकाल्नै सकिन । 

मौनताका साथ उँहाहरुको लगाव प्रति गर्व पनि गर्दै थिए म पनि एउटा सहयात्री हुन पाएकोमा । जति जति हामी अगाडि बढदै थियौ बाटोहरु त्यति नै तर्साउदै थिए । राङरुङ्ग खोला पार गरे पछि त के कुरा गर्नु । अब फर्किनु पर्छ भन्छु भनेर मन दरो पारेर अगाडि पुगेको त गाडी जान नसके हिडेर भए पनि जाऊ भन्ने भाउजूको अभिप्राय बुझेपछि म बिचरा शब्द नै निस्केन । बाटोमा आएको पहिरो, पानीले पारेको ध्वस्तमा एन आर एन को बोलेरो जिप (लुट) सिनेमाको उध्रेको चोलीमा सुस्मा कार्कीको कम्मर झैँ लचकि रहेको थियो । म मात्र होइन हाम्रो पुरै टिमले बाटोमा ढुङ्गा ओछ्याउने, धकेल्ने हुन सक्ने सम्म सबै ग–यौ । केही सिप लागेन अब बोलेरो जान नसक्ने निश्चित भयो । अब पालो मेरो प्यारो मुटु मेरी पे्रमिका ल्याण्ड रोभरले कम्मर हल्लाउदा भने सुष्मा कार्की होइन मेरीे हजुरआमा याद आयो । 

बिचरी मेरी हजुरआमा दमले सास फुल्दा जुन पिडा बोध मैले गर्थे मेरो प्यारो जिपलाई पनि त्यस्तै भयो होला । के गर्नु मान्छे भए बोल्थ्यो होला मेशिन न प–यो । तर यात्रा अझै सजिलो कहाँ थियो र ? कति पटक ओर्लनु कति पटक चढनु अनि हिलोमा चिप्लेर कति पटक नाच्नु बाटो माथिको भिर हे–यो अहिले खसेर छोप्ला जस्तो । त्यति डराउने त म पनि होइन तर चिन्ता थियो घले दम्पतिद्वयको कति पटक कोसिस गरे फर्किउ भन्नलाई तर उंहाको आखांमा विश्वास देखेर सोझो सोनाम पाराले मुसुस्क हासेर मनको कुरा मन मै राखे । मुस्किलले बारपाक पुग्यौ । भोक पनि लागेकै थियो मलाई मात्र होइन अरू साथीहरूलाई पनि श्याम तामाङ्गले बारपाकमा खाजा खाउ भन्दै मात्र के थिए भाउजूले अब लाप्राक पुगरै खाने भने पछि म फेरि सोनाम पाराले मुसुस्क हासे अनि दायां बायांका साथीहरूको अनुहार पनि डर र भोकमा मिश्रित थियो ।

झन् त्यस माथि हामी सबै भन्दा छिटो डराउने पत्रकार राजेन्द्र भाइको त के कुरा गर्नु हुने भए फेसबुक लाइभ नै गरी दिन्थे तर नेट नै थिएन । मुस्किलले पहिरो भिर पार गर्दै लाप्राक पुग्यौ । अब त भोकले रनथनिएको पेटले केही राहत पाउने भयो भनेर मख्ख परेको घले दम्पपतीद्वय खानेकुराको नाम लिनु त परै जाओस् पुग्ने बितिकै काममा खटिए । हामी बाँकी टिम एकले अर्काको मुख हेरौ अनि अध्यक्ष घले सँगै काममा लाग्यौ । मन मनले भने त्यसै घले दम्पति सफल भएका होइन रहेछन् । सफल हुन त थुप्रै चिज बिर्सनु पो पर्दाे रहेछ । नत्र हरेक विदेश जाने दम्पति घले दम्पति जस्तै सफल भई हाल्थे नि । 

प्रतिक्रिया