अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को ११ औ साधारण सभाको उद्घाटन सुरु

बिआरटीनेपाल २०७४ वैशाख २३ गते ११:४१ मा प्रकाशित

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा )को ११ औ साधारण सभाको उद्घाटन सुरु भएको छ l कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासङ्घका महासचिव तथा साधारण सभाका प्रमुख अतिथि उजिर मगर र नेजाका अध्यक्ष भोला आचार्यले पानसमा बत्ती बाली गरेका थिए l 

स्वागत मन्तव्य नेजाका उपाध्यक्ष तथा सभाका संयोजक गूणराज लूईटेलले गरेका छन् । सभामा उपस्थित अतिथि महावाणिज्यदूत प्रेमराजा महत ,एएनएका अध्यक्ष मेदनी अधिकारी, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल,निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त् भोजराज पोख्रेल तथा अन्य सङ्घ संस्थाका प्रतिनिधिहरूले शुभकामना दिएका छन् । 

साधारण सभाको लागि डिसी महानगर क्षेत्र वरपरका सङ्घ-संस्थाका प्रतिनिधि, विभिन्न राज्यहरूबाट आएका सञ्चारकर्मी ,आमन्त्रित अतिथिहरुको उपस्थिति रहेको छ l उद्घाटन कार्यक्रममा नेजाद्वारा स्थापित “नेजा सामुदायिक पत्रकारिता पुरस्कार” अन्तर्गत पत्रकारहरु क्रमशः शिव प्रकाश, मनोज अधिकारी र दिनेश कार्कीलाई संयुक्तरुपमा १ हजार १ सय ११ डलर राशिको पुरस्कार प्रमुख अतिथि उजिर मगरले हस्तान्तरण गरे l पुरस्कार स्वरुप प्राप्त रकम पत्रकारहरुले चितवनको सामाजिक संस्था सानो घरलाई दिने घोषणा गरेका छन् l 

मनाससको स्थानीय लोकप्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाजबाट सञ्चालित पाठशालाका विद्यार्थीहरूले नेपाली राष्ट्रगान तथा अमेरिकन राष्ट्रगान गाएका छन् l
साधारण सभाको बिचमा कार्यक्रमलाई रोचक र मनोरंजन बनाउने हेतुले सांस्कृतिक कार्यक्रमको प्रस्तुति गरिएको छ l साधारण सभाको उद्घाटन लगतै एनआरएनका अध्यक्ष पदका प्रत्यासीहरुको बहस कार्यक्रम हुनेछ l

उक्त बहस कार्यक्रमको लागि अध्यक्षका उम्मेदवारहरु केशव पौडेल, कृष्ण पोख्रेल, रबिना थापा,डिल्ली भट्टराई ,राम सी पोख्रेल र गौरी जोशीको सहभागीता रहनेछ l 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू