अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

NRN ICC आर सि सोनाम लामा तथा वाना अध्यक्ष उत्तम कार्की सियाटलमा सम्मानित

बिआरटीनेपाल २०७४ वैशाख १९ गते ८:४३ मा प्रकाशित
अमेरिकाका लागि नेपाली राजदूत महामहिम  डा अर्जुन कार्की तथा वाशिन्टन स्टेटको लागि नेपाल सरकारका अवैतनिक वाणिज्य दूत तथा सेभेन समिट फाउन्डेशनका अध्यक्ष अनरेवल  ए सि शेर्पा शालाकाले आज एक विशेश समारोहकावीच NRNA ICC का रिजनल कोअर्डिनेटर श्री सोनाम लामा तथा एन सि सि कोअर्डिनेटर र  वाना का अध्यक्ष उत्तम  कार्की लाई सम्मान गर्नु भएको छ। लामो समय सम्म एन आर एन आन्दोलनमा निष्ठापूर्वक सेवा गरी नेपाली समुदायलाई उल्लेखनिय गुन लाए बापत NRNA ICC रिजनल को अर्डिनेटर शेर्पालाई सम्मानित गरिएको हो।
त्यसै नेपाली समुदायको लागि धेरै सेवा पुर्याइ प्रेसिडेन्ट भोलान्टिअर सर्भिस अवार्डबाट समेत सम्मानित भईसक्नु भएका पश्चिम अमेरिका नेपाली महा संघ WANA का अध्यक्ष उत्तम कार्किलाई अवैतनिक वाणिज्य दूत ए सि शेर्पा शालकाले तिङ्ला सोलुखुम्बुमा बन्न लागेको वाना एन ए जि सि कम्युनिटी सेन्टरको लागि अमेरिकि डलर चार हजार पाँच सय ससम्मान हस्तानन्तरण गर्नु भयो।

उहाँले सो रकम दिने घोषणा पोर्टल्यान्ड रिजनल कन्फेरेन्सको अवसरमा गर्नु भएको थियो। सो हस्तानन्तरण कार्यक्रममा सो परियोजनाको साझेदार संस्था नेपाल विस्व सहयोग संघका संस्थापक अधक्ष मणी नेपाली पनेरु तथा वाना महा सचिव भरत बाँस्कोटा उपस्थिती रहेको थियो। वाना कि संस्थापक अध्यक्ष उमा कार्की थापाले टेलिफोन्मा कुरा गर्दै  अवैतनिक वानिज्य दूत ए सि शेर्पा शालाका प्रती सो उदार योगदानकोलागी हामी हार्दिक आभार व्यक्त गर्नु भएको छ।  सो प्रोजेक्टलाई सफल बनाउन संस्थापक अधक्ष्यको हैसियत्ले कुनै पनि कसर बाँकी नराख्ने बताउनु भएको छ। 

यस अघी  अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा अर्जुन कार्की तथा सिटी अफ रेडमण्डका मेयर John Marchion ले सियाटल शहरमा अवस्थित वानिज्य दूतावासको रिबन् काटी  उद्घाटन गर्नु भएको थियो।  सोअवसरमा प्रमुख अतिथीको रुपमा अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्की, एन आर एन एन सि सियु एस् ए का अध्यक्ष डा केशव पौडेल सियाटल र रेमन्ड शहरका मेअरहरु लगायत  सो क्षेत्र र अमेरिकाका बिभिन्न  राज्यहरुबाट प्रतिनिधिमूलक उपस्थिती रहेको थियो।

हालै उद्घाटन भएको सो वाणिज्य दूतावासमा  अमेरिकाका बिशेष गरी पश्चिमतिरका राज्यहरुमा बसोबास गर्ने नेपालीसमुदायको लागि एमआरपी पासपोर्ट, कानुनी वारेसनामाको प्रमाणित लगायत वाशिङ्टन दूतावासवाट गरिने कैयौँ सेवाहरु उपलब्ध हुने कुरा बताइन्छ।  कार्यक्रममा दुतावासका कर्मचारी तथा स्टेट अफ वाशिंगटनका एसिया प्यासिफिकस्टेट कन्सुलर मोहन गुरुङ, अन्य कन्सुलरहरु, एन आर एन एन सि सि यु एस् ए का ऊपाधक्ष डिल्ली भट्टराई, नेपाल सियाटल सोसाइटिका अध्यक्ष गणेश सिवाकोटी, एन आर एन ओरेगन च्याप्टरका अध्यक्ष दिवाकर श्रेष्ठ, समाजसेवी पेम्बा शेर्पा तथा आङ बाबु शेर्पा, नेपाल असोसियन अफ ओरेगनका बोर्ड अफ डाइरेक्टर प्रदीप बज्रचार्य, एन आर एन नेतानविन सेरचन, ख्यातिप्राप्त खेलाडी तथा समाजसेवी नारायण गुरुङ  अन्तररष्ट्रिय ताइक्वान्डो खेलाडी सिता राइ, एन आर एन का हस्तिहरु बि आर लामा लगायत उल्लेखनिय उपस्थिती रहेको थियो। 

प्रतिक्रिया