अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

ग्लोबल नेपाल फेस्ट २०१७ बाल्टिमोरले विदेशीलाई नेपालको चिनारी गराउदै सम्पन्न

बिआरटीनेपाल २०७४ वैशाख १७ गते २२:१५ मा प्रकाशित

ग्लोबल नेपाल फेस्ट २०१७ बाल्टिमोरले बिदेशीहरुलाई नेपालको चिनारी गराउदै गत अप्रिल २९ तारिख सफलतापूर्वक सम्पन्न गरेको छ l भिन्तुना इन्टरनेसनलको आयोजनामा सम्पन्न उक्त उत्सवको मूल उद्देश्य नेपालका कुनै पनि चिजलाई प्रबर्धन गर्नु रहेको छ l यसको साथै नेपालका सङ्गीत, कला, पर्यटक, संस्कृति, कलाकार, हस्तकला, चित्रकला, भेषभूषा, नेपाली व्यवसाय, गैर मुनाफा संस्था तथा अन्य चिजलाई व्यापक रूपमा प्रबर्धन गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको आयोजकले बताएका छन् l 

गत अप्रिल १७ तारिख ग्लोबल नेपाल फेस्ट २०१७ डिसी सफलता पूर्वक सम्पन्न गरेको थियो । उत्सव बिहान ११ बजे देखि साँझ ९ बजे सम्म विविध कार्यक्रमहरूको आयोजना गर्दै सम्पन्न भएको थियो l मूल त् बिदेशीहरुलाई नेपालको पहिचान र नेपाल बारेमा जानकारी दिने उद्देश्य भएकोले ग्लोबल नेपाल फेस्ट बाल्टिमोरको मुख्य सहरको बिचमा पर्ने इनर हार्बर (बन्दरगाह) मा राखिएको थियो l उक्त क्षेत्रमा बिदेशीहरुको आवत जावत प्रशस्त हुने हुनाले सहभागी हुन् भन्ने हेतुले गरिएकोले डिसीमा भन्दा बाल्टिमोरमा बिदेशीहरुको सहभागिता ज्यादा रहेको थियो । 

उक्त कार्यक्रममा उत्सवमा नेपाली व्यवसायी, गैर मुनाफा सामाजिक संस्था, डिसी महानगर क्षेत्रका सङ्घ/संस्थाले आफ्नो प्रदर्शन कक्ष समेत राखेका थिए । यसको साथै नेपालका हस्तकलाका सामग्री, बौद्ध स्तुप, पशुपतिनाथ मन्दिर आदि इत्यादि पनि सजाइएको थियो । नेपाली व्यवसायीहरुले विभिन्न परिकारका नेपाली खानेकुराहरु मम, सेल रोटि, अचार, भात तथा स्वादिष्ट खानेकुराहरु बेच बिखनको लागि राखेका थिए । 

उत्सवमा नेपालका लागि अमेरिकन पूर्व राजदूत स्कट डेलेसी, समाज सेवी डा. श्याम कार्की तथा नासो समुदायका अध्यक्ष गोपाल विश्वकर्माले शुभकामना दिएका थिए भने कराते खेलाडी उज्ज्वल ठकुरीले आफ्नो विशेष प्रस्तुति प्रदर्शन गरेका थिए । ठकुरीले प्रदर्शनबाट उठेको रकम लक्ष्मी प्रतिष्ठानलाई दिने घोषणा गरेका थिए ।

उत्सवमा नेपालका लागि अमेरिकन पूर्व राजदूत स्कट डेलेसीले आफूले नेपालको लागी केही गरौँ भन्ने उदेस्यले स्थापना गरेको सोरवे फाउनडेसनको प्रदर्शन कक्ष खोलेका थिए भने उक्त बिक्री भएको रकमबाट नेपाललाई सहयोग गर्ने उद्देश्य रहेको पूर्व राजदूत डेलेसीले बताए l 

अर्को हेर्न लायक प्रदर्शनी कक्ष भनेको सन् १९६५ मा नेपाल गएर विशेष गुरुङ समुदाय विषयमा पुस्तक समेत लेखेका अमेरिकन नागरिक टोड ए राग्सडेलले ५० वर्ष अगाडी आफूले खिचेका सयौ तस्बिरहरू प्रदर्शनको मुख्य आकर्षण बनेको थियो l

उत्सवमा दिउसै देखि नेपाली संस्कृति झल्किने प्रकारको नृत्य, गीत, अर्जुन दाहालको हास्य व्यग्य प्रस्तुति, महेश छेत्री, सृजन ताम्राकार, सबिता श्रेष्ठ, दिक्षा अधिकारी, ऐश्वर्य निरौला, आरजु कार्की, आश्लेशा ढकाल, मिनिका ढुंगेल लगायतले गीत तथा नृत्य प्रस्तुति गरेका थिए l 

यसै गरी विशेष नेपाली सारंगीमा श्याम नेपाली तथा रंजन बुढाथोकिको विशेष प्रस्तुति हेर्न लायक रहेको थियो । यसै गरी विशेष अतिथि कलाकार आशेष डंगोलको विशेष प्रस्तुतिले भरपूर मनोरंजन प्रदान गराएको थियो l साङ्गीतिक कार्यक्रम प्रख्यात सञ्चार कर्मी तथा कार्यक्रम प्रस्तोता सरोज केसी तथा मोडल(प्रतिमान) रिमा केसीले कार्यक्रम सयुक्त रूपमा सञ्चालन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू