अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

बे एरियाका नेपाली लायन्स क्लबहरुको पहलमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ वैशाख १७ गते २१:५७ मा प्रकाशित

लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णको पहलमा पहिलो पल्ट बे एरियामा रहेका पाचवटै नेपाली लायन्स क्लबको संयुक्त आजयोजनामा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम यही अप्रिल 29, २०१७ मा सम्पन्न भएको छ । बर्क्ली स्थित द ब्रिज चर्चमा आयोजित सो कार्यक्रम बिहानको ठिक १० बजे देखि साझको ४ बजे सम्म समुदायको उल्लेखनीय उपस्थितिको साथ सम्पन भयो। कार्यक्रमका संयोजक डा अमोद पोख्रेलको सफल नेतृत्व र लायन्स कल्बका सदस्यहरूको सक्रिय सहभागिता र बे एरिया रहेका स्वास्थ पेसामा कार्यरत नेपाली मूलका डाक्टर , फेमिली नर्स प्राक्टिसनर , रेजिस्टर नर्स र स्वास्थ कर्मीहरुको विशेष योगदान र सहयोगले उक्त कार्यक्रम सफल भएको जानकारी बर्क्ली अन्नपूर्ण क्लबका अध्यक्ष मनिलबाबू श्रेष्ठले जनाउनु भएको छ। साथै यस्तो खाले स्वास्थ शिविरको कार्यक्रम आउदो दिनहरूमा पनि गर्नु पर्ने उपस्थित धेरै उपचार गराउन आउनेले लायन्स क्लबलाई अनुरोध गर्दै सही रूपमा सेवा दिएकोमा कृतज्ञ व्यक्त गरेका थिए।

कार्यक्रम संयोजक डाक्टर फोख्रेलले , यो स्वास्थ्य शिविर मात्र नभई यो स्वास्थ्य सम्बन्धी जन चेतना जगाउने कार्यक्रम भएको र यस क्षेत्रमा रहेका नेपाली समुदायमा स्वास्थको स्थिति के कस्तो रहेको र आउदो दिनहरूमा हामीले कुन क्षेत्रलाई प्राथिमिकता दिएर सेवा गर्न सकिन्छ भनी डाटाबेसको समेत सङ्कलन गर्न यो कार्यक्रम योजना गरेको जानकारी दिनु भयो। वहाले उपस्थित सम्पूर्ण स्वयंसेवक स्वास्थाकर्मिहरुलाई विशेष धन्यवाद दिँदै आउदो दिनहरूमा समेत यस्तो कार्यक्रम गर्दा सहयोग पाउने अपेक्षा राख्नु भएको थियो। सह संयोजक गोपी लामाले पनि सबै सहयोगी हातहरुलाई विशेष धन्यवाद दिँदै आउदो दिनहरूमा अझ राम्रो र उपलब्धिमुलक कार्यक्रम गर्न आफू प्रेरित भएको जानकारी गराउनु भयो । 

कार्यक्रममा लायन्स कल्ब डिस्ट्रिक ४ सी ३ का जोन चियर र बर्क्ली अन्नपूर्णका निबर्तमान अध्यक्ष ध्रुव थापाले बे एरियामा स्वस्थ शिविर चलाउन भनेरै गत वर्ष आँखा जाच्ने अत्याधुनिक हाते क्यामेरा किनेको र यही आउदो नोभेम्बरमा नेपालमा समेत नेत्र शिविर कार्यक्रम लिएर जाने जानकारी गराउनु भएको थियो । लायन्स क्लबले विशेष आखाको स्वास्थलाई नै प्राथमिकता दिने भएकोले पनि आँखा डाक्टर र उनको सर सल्लाहमा धेरैले आफ्नो आँखा जचायेका थिए। त्यसै गरी, डाइबेटिज , रक्तचाप र प्राथमिक स्वास्थ सम्बन्धी विषयमा केन्द्रित भई १५० जनालाई निःशुल्क सेवा पुर्याएका थियो । आफ्नो स्वस्थ जाच्न आउनेहरुमा २ वर्ष देखि ९४ वर्ष सम्मको उपस्थिति रहेको जानकारी डा पोख्रेलले दिनु भएको छ भने सेवा फाउन्डेसनका डा चुन्दकद्वारा १०० जोडी निःशुल्क चस्मा उपलब्ध गराइएको थियो। 
१९२५ मा पहिलो पल्ट हेलेन केलरले लायन्स क्लब मार्फत नेत्र चिकित्सालाई आफ्नो समाज सेवाको लक्ष्य राख्न अनुरोध गरे देखिनै हरेक वर्ष लायन्स क्लबले विश्वको हरेक देशमा आँखा उपचारमा लागि परेको र अहिले सम्म ८० % भन्दा धेरै आँखा को समस्या समयमै जानकारी नहुनाले हुने गरेको तथ्य र यसको समयमा उपचार गर्न सकिने भएको ले हरेकले समय समयमा आफ्नो आँखा जचाउन नितात्न आवश्यक रहेको ले पनि यो कार्यक्रम लायन्सले गरेको हो। नेत्ररोग बिसेसज्ञ साथै सेवा फाउन्डेसन का डा चुन्दक्ले निःशुल्क उपस्थित बिरामीहरुको नेत्र जाच गर्नु भएको थियो। ।नेत्र शिविरमा बर्क्ली अन्नपूर्णका २०१७- १८ को लागि निर्वाचित हुने अध्यक्ष कौशल जेबी राणा र आकाश सैजुले दिनभरिनै नेत्र शिविरको जिम्मेवारी लिएर सेवा पुर्याएका थिए। अन्य स्वयम् सेवकमा एमी ढकाल र मेघना श्रेष्ठले दिनभरिनै फारम भर्न र रेकर्ड राखन विशेष सहयोग पुर्याएका थिए। त्यसै गरी स्वास्थ परमर्सको लागि सुष्मा कार्की ( MBBS ) , रगत तथा सुगर जाच्नका लागि लाइसेन्स प्राप्त नर्सहरु , शारदा दहाल,तर ढुंगाना , सरल थापा , गोपी लामा, इन्दिरा गुराउ , स्मृति थापा लगयत अन्य थुप्रै स्वयम् सेवकहरुले दिनभरिनै आफ्नो अमूल्य समय दिएर लायन्स क्लबलाई ठुलो गुण लगाएका थिए।
स्वास्थ शिविरमा बिमारी जाच्ने मात्र नभई विभिन्न जनचेतना मूलक कार्यक्रमको समेत आयोजनना गरिएको थियो। औपचारिक जनचेतना मूलक कार्यक्रमको सञ्चालक थापाले स्वास्थ शिविरलाई व्यस्थित पार्न र उपलब्धि मूलक बनाउन बिच बिचमा योग शिविर, श्वास्थ जनचेतना मूलक कार्यक्रम , प्राकृतिक उपचार सम्बन्धी कार्यक्रमको परिचल गर्नु भएको थियो। जसमा अनिल थापाले अध्यात्मिक योग अभ्यास , इसा फाउन्डेसनले योग र ध्यान तालिम, प्रेरणा गुरुंगले फुल र यसको सुगन्धको हाम्रो स्वास्थमा महत्त्व बारेमा जानकारी, विजया सुबेदीले लाफ्टर थेरापी समेत सञ्चालन गरेका थिए।

यस कार्यक्रमको प्रमुख उद्देश्य भनेकै स्वस्थ सम्बन्धी जनचेतना मूलक शिक्षा दिने र स्वास्थ रहन के कस्तो जीवन शैली अपनाउनु पर्छ भन्ने बारे समेत जानकारी दिने भएकोले फमिली नर्स प्राक्टिसनर प्रियंका थापा र स्वेक्षा श्रेष्ठले उपस्थित समुदायलाई स्वास्थ सम्बन्धी जनचेतना र जानकारी गराएका थिए। लायन्स क्लबले नेत्र सम्बन्धी मात्र नहेरेर मानिसको सम्पूर्ण स्वास्थ्य समेतलाई विशेष महत्वका साथ् हेर्दै आएको र विश्वको हरेक देशमा यस प्रकारको कार्यक्रम हुने जानकारी यही वर्ष हुने निर्वाचित हुने पहिलो नेपाली मूलका डिस्ट्रिक गभर्नर राजेन थापाले जानकारी गराउनु भएको थियो ।


लायन्सले नेत्र सेवा सम्बन्धी शिक्षा , जनचेतना र रोकथाममा जहिले पनि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ। यसको साथ् साथै अहिले विश्वमै सबै भन्दा खतरनाक रूपमा फैलिएको रोग हो मधुमेह अथवा डाइबिटिज जसलाई जन चेतना र जीवन शैलीमा केही परिवर्तन गरेर रोक्न सक्ने भएकोले यसबारेमा समेत जानकारी प्रदान गरिएको थियो। साथै उपस्थित धेरैको सुगर र ब्लड प्रेसर जाचिएको थियो। त्यसै गरी ब्लड प्रेसर लगायत अन्य विविध प्राथमिक स्वस्थ सम्बन्धी जच्नु हुने सारदा दाहालले आफू स्वास्थ सेवामै काम गर्ने भएको र पहिलो पल्ट आफ्नै समुदायलाई निःशुल्क सेवा पुर्‍याउन पाएकोमा गर्व महसुस भएको र आउदो दिनहरूमा समेत सहयोग गर्ने बचन बद्धता व्यक्त गर्नु भएको थियो। अन्तर्राष्ट्रिय लायन्स क्लबले यही वर्ष देखि २०२१ सम्ममा २० मिलियन मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखेको छ। 

अन्तर्राष्ट्रिय लायन्स क्लबले यही आउदो जुन ३० तारिख देखि जुलाई ४ मा १०० वर्ष पुगेको अवसरमा सात बार्षिकी कार्यक्रम भब्यरुपमा चिकगोमा सम्पन्न गर्दै छ। उक्त भव्यता र ऐतिहासिक कार्यक्रममा पहिलो पल्ट नेपाल बाहिर एउटा नेपाली मूलको राजेन थापा लायन्स क्लबको गभर्नर जस्तो गरिमामय पदमा सुसोभित हुनु हुनेछ साथै सिकागोमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सपथ ग्रहण गर्दै हुनु हुन्छ। अहिले बे एरिया लगायत अमेरिकाको थुप्रै सहरहरूमा नेपाली समुदाय माझ लायन्स क्लब लोकप्रिय बन्दै छ भने अमेरिकाको विभिन्न राज्यहरूमा नेपाली समुदाय माझमा लायन्स क्लब स्थापना भइरहेको छ। 

मानव सेवानै धर्म हो भन्दै सधैँ सामाजिक कार्यमा संलग्न हुन् चाहने नेपालीहरूलाई लायन्स क्लबमा आबद्ध हुन नजिकको लायन्स क्लब वा कुनै पनि लायन्स क्लबका सदसयलाई सम्पर्क गर्न सकिने जानकारी दिँदै ध्रुब थापाले कार्यक्रम सफल पर्नु हुने सबै स्वयम् सेवक , स्वास्थ कर्मी, अनलाइन मिडिया ओस नेपाल , अन्य मिडयाहरु लगायत समुदायका प्रतिनिधिहरूलाई विशेष धन्यवाद दिनु भयो। साथै आउदो दिनहरूमा अन्य सङ्घ संस्थाहरुसितपनि सहकार्य गर्दै सेवा पुर्‍याउने जानकारी गराउनु भयो। लायन्स क्लबले जहिले पनि मिलेर र संयुक्त पहलमा सेवा पुर्‍याउने र सधैँ सहकार्यको लागि सबैलाई आह्वान गर्ने जानकारी गराउनु भयो । यो कार्यक्रमपनि स्थानीय लायन्स क्लबहरु बर्क्ली अन्नपूर्ण, फ्रिमंट सगरमाथा , बर्क्ली मकालु, सान लियन्द्रो मनकामना र सन् फ्रान्सिस्को बुद्धका को सक्रिय सहभागिता सम्पन्न गरिएको थियो।

प्रतिक्रिया