अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

नान्सको नयाँ वर्ष पिकनिक सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७४ वैशाख १७ गते १२:५८ मा प्रकाशित

सन्तोष न्यौपाने, क्यालिफोर्निया ।
नयाँ वर्ष २०७४ पिकनिक कार्यक्रम नान्सले सम्पन्न गरेको छ I नितान्त शुभकामना आदान प्रदान, धेरै भन्दा धेरै नेपाली समुदायलाई सूचना, जानकारीहरू उपलब्ध गराई नेपाली समुदाय बिच भात्रृत्व विकास गर्ने र सबै नेपाली एकै ठाउँमा बसी रमाइलो गरी नाच गान गर्दै निःशुल्क रूपमा पिकनिक मनाउने र आकस्मिक कोष वृद्धि एक मात्र उद्देश्य राखी आयोजित उक्त कार्यक्रममा झन्डै ८०० को हाराहारीमा नोर्दन क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुको बृहद उपस्थिति रहेको थियो I पिकनिकमा विभिन्न व्यावसायिक एवम् सामाजिक सङ्घ संस्थाहरूले आफ्नो आफ्नो स्टल राखी आफ्नो सेवा सुविधाहरूको बारेमा सूचना जानकारीहरू पनि राखिएको थियो I पिकनिक संयोजक ईश्वर सिटौलाले कार्यक्रम मा सहभागी जनाई दिनु हुने सम्पूर्ण नेपालीहरूको उपस्थितिले कार्यक्रमको शोभा बढेको बताउनु भयो I नान्स अध्यक्ष् रबिन्द्र राईले नान्सले विगत देखि गर्दै आएको नयाँ वर्ष मनाउने परम्परालाई निरन्तरता दिन पाउँदा हामी खुसी छौ र अब हामी सबै नेपाली सामुदायिक भवनको बिसाएमा केन्द्रित हुने पनि बताउनु भयो I यस्ता लोकप्रिय जनहित कार्यक्रम भविष्यमा थप गर्दै जाने पनि बताउनु भयो I

सहभागीहरू नेपाली परिकारहरुको मज्जा लिदा, नेपाली साना बाबु नानीहरू रमाएर विभिन्न खेलकुदमा भाग लिएको र पुरस्कार लिदै फुरुङ्ग भई हाम्रो सबै कार्यक्रममा सहभागी भैदिदा हामी आयोजकलाई थप हौसला प्राप्त भएको र भएका कमी कमजोरीबाट सिक्दै भविष्यमा ठो सुधार गर्दै लैजाने भनी महासचिव प्रीतेश कार्कीले बताउनु भयो I हामीलाई यस पिकनिक सफल पर्न विभिन्न सङ्घ संस्थाहरूले मन फुकाएर सहयोग गर्नु भएको छ I बे एरियामा नेपाली समुदाय बिच थुप्रै दुर्घटनाहरु दिनहु जसो भइरहेको र यही अवस्थालाई सम्बोधन गर्न सकियोस भनी आकस्मिक खाता वृद्धि गरी धेरै भन्दा धेरै समस्यामा हात बदौना सकियोस भनेर आयोजित यस पटकको पिकनिकमा आकस्मिक कोषको लागि भनेर मनकारी व्यवसायी, दानबिर, समाजसेवी, सदस्यहरूबाट अभुत्पुर्ब सहयोग प्राप्त भएको छ, हामी सम्पूर्ण कार्यसमिति परिवार आभारी छौI हामीहरू सबै स्वमसेबीहरुलाई हौसला मिलेको छ भनी कोषध्यक्ष प्रेम परियारले बताउनु भयो I कार्यक्रममा राफल पनि सञ्चालन गरिएको थियो I 

 

प्रतिक्रिया