अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

रंगमञ्च हुँदै चलचित्र ‘पंचायत’सम्मका सरोज खनाल संधै शशक्त भुमिकामा

बिआरटीनेपाल २०७४ वैशाख १६ गते ३:११ मा प्रकाशित

नेपाली चलचित्र जगतमा चर्चित नाम हो सरोज खनाल । बि. सं. २०४४ सालबाट औपचारिक अभिनयमा प्रवेश गरेका नायक खनाल रंगमञ्च हुँदै चलचित्रमा आएका कलाकार हुन् । त्यो समयमा निकै नै चर्चित नाटक ‘चतुरेको दाउपेच’, ‘मौन आकास’, ‘भिड देखी भिडसम्म’ लगायतका नाटकहरुबाट कमाएको चर्चा संगै चलचित्र ‘बिजय पराजय’को सफलताले उनको अभिनय क्षमतालाई सिनेकर्मी र दर्शकहरुले नजिकबाट बुझ्न पाए । सुरुवाती दिनदेखी अहिले सम्म नेपाली चलचित्रमा उत्तीकै रुचाईएका नायक खनालले पछिल्लो समय अभिनय गरेको चलचित्र हो पंचायत ।

बागलुङ जिल्लाको ग्रामिण भेगमा छायांकन गरिएको चलचित्र पंचायतमा नायक सरोज खनाल मुख्य भुमिकामा रहेका छन् । गाउँका प्रधानपंचको भुमिकामा रहेका सरोज खनाल चलचित्र राम्रो बनेको बताउँछन् । ५० बर्ष पुरानो कथामाथी बनेको पंचायतमा बागलुङको ग्रामिण क्षेत्रमा प्रयोग हुने टिपिकल भाषाको प्रयोग गरिएकाले पनि चलचित्र आकर्षक बनेको चलचित्र युनिटले बताएको छ ।

सुटिङ्गका क्रममा नायक खनालले आफ्ना अनुभव सुनाउँदै भने, ‘पहिला त बागलुङको त्यो भेगका बासिन्दाले आफ्नो गाउँमा चलचित्रकर्मी आउलान् र सुटिङ्ग होला भन्ने पत्याएकै रहेनछन् । चलचित्रको छायांकन सुरु भएपछि त्यो क्षेत्रका स्थानियहरु पनि असाध्यै उत्सुक हुनुहुन्थ्यो ।सवैले मेहनत गरेर राम्रो चलचित्र तयार भएको छ । चलचित्र पंचायत आजका नयाँ पुस्ताका लागि हाम्रो समाजको यथार्थ झल्काउने ऐना हो जसबाट ईतिहास नियाल्न सकिन्छ र पुराना पुस्ताका लागि आफैंले भोगेको समय र जिन्दगीको अनुभुती हो ।

सम्पुर्ण चलचित्र युनिट र बागलुङबासीहरुको आपसी सहयोग र आत्मीयताका छायाँकन सकिएको थियो । सहज बतावरणमा काम गरियो सुरुमा म आफुलाई भने त्यहाँको भाषा सिक्न साह्रै नै गाह्रो परेको अनुभव पनि स्मरणिय रह्रो ।’

आगामी फागुन १८ गते  देशभर प्रदर्शनमा आउने पंचायतको प्रिमियर भने आउँदो मे महिनामा अमेरिकामा हुने जानकारी नायक खनालले दिएका छन् साथै यो चलचित्रमा नेपाली समाजको तत्कालिन यथार्थलाई शशक्त रुपमा उठाइएको बताएका छन् । नायक खनालका प्रशंशकहरुले मात्र होईन नेपाली दर्शकहरुले नै उत्सुकताका रुपमा प्रतिक्षा गरेको चलचित्र पंचायत बौद्धिक ब्यक्ती र पंचायतकालिन समय भोगेकाहरुका लागि पनि चासोको बिषय बनेको छ ।

चलचित्रमा सरोज खनाल संगै निता ढुंगाना पनि मुख्य भुमिकामा रहेकी छन् भने चलचित्रमा रुपा राना, गिता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत,बिशाल पहारी, किरण थापा,राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको पंचायत गणेश गिरिको प्रस्तुति र सुशान्त श्रेष्ठ र शंकर सुवेदिले निर्माणमा बनेको चलचित्र हो । 

जयवावा पशुपति नाथ, निर्मोही, जन्मभुमि, बिजय पराजय, प्रेमपिण्ड, मनकामना, चोखो माया, नाई नभन्नु ल २ , प्रेम गीत, सुब्बा साव लगायतका दर्जनौं चलचित्रमा अभिनय गरेका नायक सरोज खनालको आफ्नो सफलताको उचाई चुलिई रहेको समयमा अमेरिका गएर उतै बसोवास गर्न थाले । १७ बर्षको अमेरिका बसाईपछि २ बर्ष अघि नेपाल फर्केका खनाल फेरी चलचित्रमा ब्यस्त रहंदै आएका छन् । यतिबेला उनी राम्रा चलचित्रका मुख्य पात्रका रुपमा काम गरिरहेका छन् ।

सफल कलाकारको रुपमा छवि बनाएका सरोज खनाल संधै चलचित्रको शशक्त पात्र र भुमिकाका लागि सिनेकर्मीको रोजाईमा परेका यस्ता कलाकार हुन् जसले छोटो समयमै उत्कृष्ट काम गरेर देखाउन सफल भए । नयाँ पुराना दुवै कलाकारसंग अभिनय गरेका खनाल कामप्रतिको लगाव, अनुशासन, मेहनत, धैर्यता र असल संस्कारले नै कलाकारलाई सफल बनाउने बताउँछन् ।

 

प्रतिक्रिया