अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

जग्गा किर्ते गरी हडप्नेमा माओवादी नेता देखि पत्रकारसम्म

बिआरटीनेपाल २०७४ वैशाख ११ गते १९:४७ मा प्रकाशित

झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको छ ।

जग्गा किर्ते काण्डका मुख्य सुत्रधार चाहिँ टिभी पत्रकार पुजन घिमिरे रहेको प्रहरीको दावी छ । उनकै योजनामा विष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जग्गा किर्ते गरी हडप्न खोजेको पाइएको झापाका एसपी शैलेश थापाले बताए ।

घिमिरेसहित उनका सहयोगी शम्भु दाहाल, माओवादी केन्द्रका केन्द्रिय सदस्य राजु आचार्य(अग्नि), माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र विर्तामोडका ओम शिवाकोटी परार रहेको प्रहरीले बताएको खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू