अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारको बहस कार्यक्रमको तयारी पूरा 

बिआरटीनेपाल २०७४ वैशाख ७ गते ७:४७ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनको लागि अध्यक्ष पदका प्रत्याशीहरुको डिसीमा हुने बहस कार्यक्रम को सम्पूर्ण तयारी पुरा भएको छ l

वासिगंटन डिसी स्थित नेपाल र नेपाली डायस्पोराप्रति समर्पित ग़ैर राजनीतिक तथा ग़ैर नाफा मूलक संस्था – भिजन फ़र नेपाल फ़ाउण्डेशनले आगामी शुक्रवार कार्यक्रमको आयोजना गर्ने गत अप्रिल १९ तारिखका दिन छापा विज्ञप्ति द्वारा जानकारी गराएका छन् lआगामी अप्रिल २१ ,२०१७ का दिन साँझ ५ बजे देखि ७ बजे सम्म डिसी महानगर क्षेत्रको भर्जिनियाको भियनामा बहस कार्यक्रम गर्ने छ भने युनाईटेड नेपलिज फेलोशिप नामक अर्को एक सामाजिक संस्थाको सहयोगमा पूरा गरेको छ।

बहसलाई निष्पक्ष, स्वतन्त्र एवं  प्रभावकारी ढगंले सम्पन्न गर्नका लागि कमिसन अन प्रेसिडेनसिएल डिबेट सगं सहकार्य गरेको ब्यहोरा जानकारी गराएको छ lबहसमा एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासीहरूमा रबिना थापा ,केशव पौडेल ,कृष्ण पोख्रेल, राम पोख्रेल तथा गौरी जोशी सहभागी हुने जनाएका छन् l  अध्यक्ष पदका अर्का प्रत्याशी दुर्गा दाहालले आफूले यस पटक उम्मेदवारी नदिने कुरा आयोजकलाई स्पष्ट पारेका छन् l

यसै गरी सामाजिक सञ्जाल फ़ेसबुक मार्फ़त आफ्नो उम्मीदवारी घोषणा गर्नु भएका डिल्ली भट्टराई तथा टेम्बा शेर्पा सगं  भिजन फ़र नेपाल फ़ाउण्डेशनका प्रतिनिधिले उपस्थितिका बारेमा सम्पर्क गर्ने कोसिस असफल रहेका जनाएको छ l तर अध्यक्ष का प्रत्याशीहरूलाई अहिलेको सूचीमा राख्न असमर्थ भए पनि उम्मेद्वारहरु बहसका लागि उपस्थित भएको खण्डमा सहभागी गराइने ब्यहोरा विज्ञप्ति मार्फत जानकारी गराएका छन् l

विश्व मै अनुकरणीय मानिने प्रजातांत्रिक शैली, खुला प्रतिस्पर्धा, र नेत्रृत्वका लागि आवश्यक ज्ञान, अनुभव र तर्क अनि बहसको परीक्षण एक साथ हुने गरेको अमेरिकी राष्ट्रपतिको चुनावी दौरानमा गरिने राष्ट्रपतीय बहसलाई  मध्यनजर गर्दै उस्तै शैली र तयारीका साथ गरेको २०१५ को बहसले उम्मेदवारहरूलाइ आफ्ना तर्क प्रस्तुत गर्न एक साझा चौतारी उपलब्ध गराएको थियो भने नेपालीहरूलाई आफ्नो नेता छान्नको लागि आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सहयोग गरेको थियो।

यसै बिच एनआरएन का सस्थापक अध्यक्ष डा उपेन्द्र महतो तथा पूर्व अध्यक्ष जीवा लामिछानेले बहस कार्यक्रमलाई भिंडियो सम्बोधन गर्ने तय भएको छ। यो बहसले मतदाताहरूलाई आफ्नो योग्य प्रतिनिधि छान्न सहयोग हुने विश्वास भिजन फ़र नेपाल फाउण्डेशनको छ।

९० मिनट लामो बहसमा प्रत्यासिहरूले आफ्ना कुरा राख्नुको साथसाथै दर्शकदीर्घा लगायत विभिन्न क्षेत्रबाट प्राप्त प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने अवसर पाउने छन्। बहस कार्यक्रम स्थानीय टी भी बाट प्रत्यक्ष प्रसारण हुनुका साथै विभिन्न सामाजिक सञ्जालहरूबाट समेत प्रसारण गरिने भएको छ l

बहस कार्यक्रममा सहभागी हुनका लागि भिजन फ़र नेपाल फ़ाउन्डेशन सम्पूर्ण नेपाली  दाजुभाइ दिदीबहीनिहरूलाई हार्दिक अनुरोध गर्दछ। विविध कारणवश बहसमा प्रत्यक्ष सहभागी हुन नसक्ने  दाजुभाइ दिदीबहीनिहरूले आफ्ना प्रश्न एवं जिज्ञासाहरू vfornepal@gmail.com मा पठाएर सहयोग गर्न सक्नुहुनेछ ।

कार्यक्रम स्थान:

8925 Leesburg Pike

Vienna, VA 22182 को Community Hall C

(ground Floor)

प्रतिक्रिया