अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

शेष घलेद्वारा नयाँ बर्षको शुभकामना सन्देस संगै एनआरएनका योजनाबारे जानकारी

बिआरटीनेपाल २०७४ वैशाख १ गते २:२८ मा प्रकाशित

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले सम्पुर्ण नेपालीहरुलाई नयाँ बर्ष २०७४ सालको शुभकामना सहित आफ्ना योजना र भैरहेका कामहरुबारे जानकारी दिएका छन् । २०७२ साल बैसाखमा गएको महाभुकम्पपछि एनआरएनले गरेका कामहरु र र योजना सहित नेपालीले आ आफ्नो क्षेत्रबाट गरेको सहयोगलाई धन्यवाद दिंदै नयाँ बर्षको शुभकामना दिएका हुन् ।
शुक्रवार अध्यक्ष घलेले जारी गरेको शुभकामना सन्देशमा गैरआवासीय नेपाली संघले २०७३ सालमा महत्वपूर्ण कार्यहरु संचालन गरेको र नयां वर्षमा पनि यसको निरन्तरता पाउने कुरा उल्लेख छ ।

उनका अनुसार २०७२ सालमा गएको महाभूकम्पबाट ध्वस्त भएको लाप्राक गाविसलाई नेपाल सरकार र संघवीच सम्झौता भए अनुसार गुप्सीपाखामा वस्ती स्थानान्तरण गरेर करीव ५७३ वटा भवनहरु निर्माणका लागि नेपाली सेना, गैरआवासीय नेपालीहरु, स्वदेशी तथा विदेशी स्वयंसेवकहरु र स्थानीय समुदायको सहकार्य र सहयोगमा तिव्र रुपमा निर्माण सम्बन्धि कार्यहरु भईरहेका छन्। यसका साथ साथै संघको भवन निर्माण र एनआरएन शंखमुल परियोजना सम्बन्धि कार्यहरु भईरहेका छन्।

त्यस्तै गैरआवासीय नेपाली संघको अभियानलाई निरन्तरता दिदै संघको संजाल विस्तार, वैदेशिक रोजगार, पर्यटन प्रवद्र्धन, परोपकारी कार्यहरु, खुला विश्वविद्यालय, ज्ञान र सीपका कार्यहरु, नागरिकता निरन्तरता, महीला तथा युवा सम्बन्धि कार्यहरुका साथै अन्य सरोकारका विषयहरुमा नेपाल सरकार र सरोकारवालाहरुसंग सहकार्य र समन्वयहरु भईरहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू