अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

नेपाल सरकारद्वारा न्युयोर्कका एटर्नी खगेन्द्र जिसीलाई गैर आवासीय नेपाली सल्लाहकारमा नियुक्त

बिआरटीनेपाल २०७३ चैत ३१ गते १०:३२ मा प्रकाशित

कोलोराडो । 

अमेरिकाका पूर्व एन आर एन अध्यक्ष एवं कानुनविद् खगेन्द्र जिसीलाइ गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा परराष्ट्र मन्त्रालयले नियुक्त गरेको छ ।

गत अप्रिल ११ को मन्त्रीस्तरीय बैठकले जिसीलाइ उक्त पदमा नियुक्त गरेको मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिएका छन् । जिसीलाइ कानुनी तथा नीतिगत विषयमा गैर आवासीय नेपाली सङ्घ एवं अन्य विदेशस्थित नेपाली संस्थासँग समन्वय गरी परामर्श दिनका लागि सरकारले सल्लाहकारमा नियुक्त गरेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू