अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

अमेरिकामा तमाङ सम्मेलन हुने

बिआरटीनेपाल २०७३ चैत ३० गते १५:४१ मा प्रकाशित

 

तमाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा आगामी सेप्टेम्बर २ र ३ २०१७ मा अमेरिकाको न्यु योर्क शाहरमा सांस्कृतिक कार्यक्रम (डम्फु साँझ) सहितको प्रथम उत्तर अमेरिका तमाङ सम्मेलन भव्यताका साथ सम्पन्न गरिने भएको छ ।

सम्मेलनको तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरीका तामाङ सङ्घ-संस्थाको प्रतिनिधि एंव विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । भेलाले तमाङ सोसाइटी अफ अमेरिकाको वर्तमान अध्यक्ष शान्तबाबु थोकरको सन्योजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । बैठकले आगामी मे २१,२२-२०१७ मा भेला सम्पन्न गरिने निर्णय गरेको थियो । तर पर्याप्त समय नभएको कारण गत अप्रिल ९ आइतबार संयोजक शान्ताबाबु थोकरको अध्यक्षतामा बसेको कन्फ्रेन्स बैठकले आगामी सेप्टेम्बर २ र ३ २०१७ मा अमेरिकाको न्यु योर्क शहरमा सांस्कृतिक कार्यक्रम (डम्फु साँझ) सहितको प्रथम उत्तर अमेरिका तमाङ सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गर्‍यो । सो को लागि विभिन्न उप समितिहरू समेत गठन गरियो ।

सम्मेलनमा नेपाल लगायत अन्य देशका तमाङ सङ्घ संस्थाका प्रतिनिधि एवम् तमाङ ब्यक्तित्वहरुलाई अतिथिको रूपमा आमन्त्रण गरिनेछ ।  ३ दिने उक्त सम्मेलनमा पहिलो दिन उद्घघाटन् सत्रमा उत्तर अमेरिका तमाङ संस्थाको विषयमा, तमाङ भाषा धर्म र संस्कृतिको विषयमा सम्बन्धित बिज्ञहरुद्वारा प्रस्ट पारीने कार्यक्रम रहेको छ । दोस्रो दिन अधिवेशन सम्पन्न गरी उत्तर अमेरिकी तमाङ संस्थाको कार्यसमिति चयन गरिनेछ । सोही दिन बेलुकी सांस्कृतिक कार्यक्रम (डम्फु साँझ) आयोजना गरिने कुरा तमाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष एंव उत्तर अमेरिका तमाङ सम्मेलनका संयोजक शान्तबाबु थोकरले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू