अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

गायक रामकृष्ण ढकालको ‘कसैलाई आँशु’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ चैत २६ गते ६:०३ मा प्रकाशित

चर्चित एवं लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘कसैलाई आँशु’ गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको यस गीतमा भगीरथ दाहालको शब्द रहेको छ भने एरेञ्ज रुपम सिंह गुरुङको छ ।

सरु सुवाल, अर्पित खड्का र राजेन्द्र मगरको अभिनय रहेको उक्त म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी मनोज थापाले गरेका छन् भनै गीतमार्फत अभिनय क्षेत्रमा प्रवेश गरेकी सरु सम्भावना बोकेको मोडलको रुपमा हेरिएको छ । म्युजिक भिडियो गीत अनुसार मार्मिक कथामा तयार पारिएको निर्देशक थापाले बताए ।

भिडियोमा दाजु बहिनीको प्रेम, प्रेमिकाले आफ्नो रोग लुकाएर प्रेमिबाट टाढा भएको कथा र प्रेमिकाको मृत्युलाई भिडियोमा देखाउन खोजिएको छ । अमृत सुनुवारको छायांकनमा तयार भएको यस भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका छन् । उक्त भिडियो शिवपुरी टेलिभिजन र एक्टर नेपाल नेटवर्कले संयुक्त निर्माण रुपमा गरेको हो ।

 

प्रतिक्रिया