अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

डिसीका भारोत्तोलक रूप कार्की पावर लिफ्टर (ताकत भारोत्तोलक) मा उत्कृष्ट

बिआरटीनेपाल २०७३ चैत २४ गते २२:४२ मा प्रकाशित

विजय थापा ,वासिङ्टन डिसी

डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका नेपाली मूलका रूप कार्कीले युएसपीए ( युनाईटेड स्टेट पावरलिफ्टिंग एसोसिएसन ) द्वारा आयोजना गरिएको भारत्तोलन प्रतियोगितात्मक प्रतिस्प्रद्धामा उत्कृष्टता हासिल गरेका छन् l
उनले आफ्नो वजन २ सय २० पौण्डको तौल समूहमा जम्मा १ हजार ३ सय ६२ पाउण्ड वजन उठाएर उत्कृष्ट भारोत्तोलक भएका छन् l उनले ड्रग टेस्टटेड उक्त खेलमा गरेको उत्कृष्ठ प्रदर्शनले नेपाल र नेपालीको नाम उच्च राख्न सफल भएका छन् l 

उनले गत अप्रिल १ तारिख ,भर्जिनिया फेयर फ्याक्समा भएको प्रतिस्प्रद्धामा सम्पूर्ण अमेरिकाबाट आएका खेलाडीहरुलाई उछिनेका हुन् l उनको आफ्नो तौल समूहमा ९० जना खेलाडीहरु रहेका थिए भने ४४ -४९ वर्ष उमेर भएका भारत्तोलकहरुको सहभागितामा रहेको थियो |

उनले गत वर्ष डिसेम्बर १४ ,२०१६ मा भएको भर्जिनियाको हे मार्केट नामक सहरमा भएको भर्जिनिया राज्यको प्रतियोगितामा २४२ पाउण्ड समूहमा ड्रग नन टेस्टटेड खेलमा स्वर्ण पदक प्राप्त गरेका थिए l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू