अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

चुम्लुङ अमेरीकाको अधिवेशन अप्रिल २९ मा

बिआरटीनेपाल २०७३ चैत २४ गते २:५५ मा प्रकाशित

किरात याक्थुङ चुम्लुङ अमेरीकाको छैटौं राष्ट्रिय महाधिवेशन यहि अप्रिल महिनाको २९ तारीक शनिवारका दिन हुने भएको छ । गत फेब्रेवरी २० तारीक २०१७ का दिन बसेको कार्य समितिको बैठकले महाधिवेशनबाट अप्रील २९ का दिन स्थानिय न्यू-योर्क शहरको ज्याक्सन हाईटमा हुने तय भएको हो ।

संस्थाकी महासचिव सुभद्रा लावतीका अनुसार अप्रिल ५ भन्दा अगाडि नै गराई सक्नु पर्ने महाधिवेशनलाई बिशेष कारण बस करीब २५ दिन ढिलो गराउँनु पर्ने बाध्यता परेकोले कार्यसमितिको समय अवधि थपेर महाअधिवेशन संपन्न गर्ने निर्णय २० तारीक बसेको समितिको बैठकले गरेको तय गरेको हो ।

संस्थाका अध्यक्ष देवेन्द्र सोम्बाहाम्फेले अमेरिकाको विभिन्न राज्यहरूमा बसोवास गर्ने लिम्बुहरूको उल्लेखनीय सहभागिता गराउने कुराको जानकारी दिंदै, यो अधिवेशनले संस्थाको भावि कार्य दिशा तय गर्ने कुरा बताए । यसका लागि सबै लिम्बु दाज्युभाई तथा दिदीबहिनीहरूलाई एक ढिक्का भएर सहयोग गरी अधिवेशनलाई भव्यताका साथ सफल बनाउँन अध्यक्ष सोम्बाहाम्फेले अपिल समेत गरेका छन् ।
अधिवेशनको सम्पन गराउँनका लागि केहि समितिहरू गठन गरिएको छ । संस्थाका कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा सदस्यहरू करम ब.सुब्बा र बिनोद पोमु भएको एक विधान मसौदा समितिको गठन गरीएको छ भने ब्यवस्थापनको जिम्मेवारी पुरै कार्यसमितिले लिएको छ ।

अधिवेशनको निर्वाचन समितिमा संस्थाको सल्लाहकार मुनिन्द्र नेम्बाङको संयोजकत्वमा सल्लाहकार द्दय बिक्रम नेम्बाङ र जोबिन लिम्बु सदस्य रहेको तिन सदस्यीय समितिको गठन गरिएको छ ।

प्रतिक्रिया