अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५२ | Colorodo: 02:07

क्षितिज कुलुङको ‘आकाशै बाट’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ चैत २३ गते २०:५६ मा प्रकाशित

संखुवासभा माङ्तेवा स्थाई घर भई बिगत दश बर्षदेखी निरन्तर सङीत श्रृजनामा सकृय गायक कुलुङ्गले ‘आकाशै बाट​’को म्युजिक भिडीयोलाई म्यूजिक नेपालबाट हालै सार्वजनिक गरेका छन् । ऋिषि जमर्कट्टेलको शब्द तथा ध्रुव डी – वानको सङीत रहेको गीत ‘आकाशै बाट​’को म्युजिक भिडीयोलाई रोशन तामाङ्गले निर्देशन गरेका हुन​।

सागर गौतमको छाँयाकन रहेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन । जसमा संजय र मनिशाको अभिनय देख्न सकिन्छ​। बिभिन्न कलेक्सन एल्बमहरुमा समेत स्वर प्रदान गरिसकेका गायक कुलुङ्ग हाल राजधानीका १५ वटा भन्दा बढि स्कुलहरुका सङीत प्रशिक्षकका साथै कुशल सङित संयोजक पनि हुन​।

प्रतिक्रिया