अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी पुरा, डीसीबासी समुदायलाई उपस्थित हुन् अनुरोध

बिआरटीनेपाल २०७३ चैत १७ गते २२:४६ मा प्रकाशित

प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी लगभग पुरा भएको मञ्चका महासचिव प्रभु थापाले ईनेप्लिजलाई बताए l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मार्च ३१ देखि अप्रिल २ सम्म हुने कार्यक्रम रहेको छ l

प्रारम्भिक चरणमा प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिएता पनि अध्यक्ष नेपाल मै व्यस्तको कारण नआउने भएका छन् l तीन वर्षपछि हुन लागेको मञ्चको दोस्रो अधिवेशनको लागि अमेरिकाका विभिन्न राज्यहरुबाट क्रियाशील सदस्यहरूबाट छानिएर आएका २५० जति प्रतिनिधिहरूले सो अधिवेशनमा भाग लिनेछन।

अध्यक्ष ओली व्यस्तताका कारण आउन नसके पछि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा एमाले सङ्गठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि रहने भएका छन् l
विशेष अतिथिमा पूर्व सामान्य प्रशासन मन्त्री युवराज कार्की तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी समेत को उपस्थिति रहने भएको छ l यसै गरी पूर्व सांसद जगदिश कुशयत तथा अमेरिका भ्रमणमा रहेकी अनेरास्ववियूकी अध्यक्ष नबिना लामा पनि सहभागी हुने जानकारी थापाले दिएका छन् l

अधिवेशनको सांस्कृतिक कार्यक्रमको लागि हास्य कलाकार सागर लम्साल (बले सोल्टी ) हरि प्रसाद निरौला (कक्रोज ) तथा लोक गायक भगवान् भण्डारी लगाएतको उपस्थिति रहने छ l ३ दिन सम्म चल्ने कार्यक्रम रहेता पनि मार्च ३१ तारिख साँझ ५ बजे देखि प्रतिनिधि हरुको दर्ता तथा साँझ सांस्कृतिक कार्यक्रम रहने छ भने अप्रिल १ तारिख शनिवार बिहान १० बजे देखि १२ बजे सम्म उद्घाटन कार्यक्रम रहने छ l

त्यही दिन बन्द सत्र हुने र अप्रिल २ तारिख आइतबार नेतृत्व चयन आरम्भ हुने भएको छ l अप्रिल १ बजे अधिवेशन समापन हुने छ l प्रवासी नेपाली मञ्च अमेरिकाको तर्फ बाट डिसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने सबै समुदाय ,सङ्घ तथा संस्थाका प्रतिनिधिलाई उपस्थितिको लागि अनुरोध यसै सञ्चार मार्फत संस्थाका महासचिव प्रभुराम थापाले आग्रह गरेका छन् l

प्रतिक्रिया