अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

स्वास्थ्य सेवा विधेयक मतदान फिर्ता, ट्रम्पलाई अर्को ठुलो धक्का

बिआरटीनेपाल २०७३ चैत ११ गते २१:०२ मा प्रकाशित

मार्च २४ ,राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अन्तिम समयमा स्वास्थ्य सेवा विधेयक (ओबामा केयर)लाई मतदान प्रकियाबाट फिर्ता लिएका छन् l उनले सभामुख पाउल रायनलाई ओबामा केयर बिमा योजना फिर्ता लिन लगाए। अन्तिम समय सम्म सम्पूर्ण प्रयास गरेता पनि सफलता हासिल पाउन नसके पछि अन्त्यमा त्यो विधेयक निकालेका हुन् l

राष्ट्रपति ट्रम्पले रायनले कडा परिश्रम गरेकोमा धन्यवाद दिँदै ओबामा केयर विस्फोट हुने बताए l अब अन्य कर सुधार विधेयकमा जाने सङ्केत दिएका छन् l उनलाई यो स्वास्थ्य सेवा विधेयक पारित नहुदा ठुलो धक्का लागेको छ l  डेमोक्रेटिक दलले धोका दिएको समेत आरोप लगाएका छन् l

रिपब्लिकन तथा ट्रम्पको मुख्य चुनावी नारा नै ओबामा केयर खारेजी र प्रतिस्थापन गर्ने रहेको थियो l ट्रम्पले आफूले कार्यभार सम्हालेको भोलि नै ओबामा केयर हटाउने भनेका थिए l चुनावी अभियान देखि नै सशक्त रूपमा उग्र विरोध गर्दै आएको ओबामा स्वास्थ्य बिमा खराब र अमेरिकन जनतालाई ज्यादा भार परेको पटक पटक भन्दै मतदातालाई आफू तर्फ तानेका थिए l

सिनेट तथा संसद्मा पनि बहुमत भएता पनि ओबामा केयर (बिमा)लाई हटाउन र रिपब्लिकनका २ सय १५ मत हासिल गर्न नसकेको कारण उनले आज फिर्ता लिन बाध्य भएका हुन् l सभामुखले अझ मेहनत गर्ने र अगाडी बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् l यसै गरी डेमोक्रेटिक दलकि अल्पमतकि नेता न्यान्सी पेलोसीले यो जित अमेरिकन जनताको लागि राम्रो भएको बताईन भने अन्य नेताहरूले रिपब्लिकनले गफ दिन छोड्नु पर्ने कुरा राखे l

ओबामा केयर हटाउने उनको प्रमुख मुद्धा रहेको र यसलाई नै भजाएर चुनाव जितेका ट्रम्पको घाटीमा हाड अड्किएको जस्तै भएको छ l अस्थाई रूपमा अहिलेलाई टरेर गएको भएता पनि उनले आफ्नै दलका सांसदहरुको मन जिते भने पुन : पासा पल्टन पनि सक्ने हुन्छ l

उनकै दलका संसद् र सिनेटले उनका प्रस्तावलाई अस्वीकार गरेका छन् l गत मार्च २३ मा हुनु पर्ने मतदानलाई मार्च २४ तारिख दिउसो मतदान हुने भनेता पनि अन्तिममा पार नलाग्ने भए पछि हात निकालिएको थियो l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू