अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

सातजना नारीलाई अमेरिकामा सम्मान

बिआरटीनेपाल २०७३ चैत ८ गते २२:२९ मा प्रकाशित

समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान दिएका ७ जना व्यक्तित्वहरुलाई अमेरिकामा सम्मान गरिएको छ । १ सय सातौँ अन्तराष्टिय महिला दिवसको अवसरमा एनआरएनए एनसिसि अमेरिकाको संयोजकत्वमा अमेरिकामा सक्रिय विभिन्न १० वटा संस्थाहरूले संयुक्तरुपमा न्यूयोर्कमा आयोजना गरेको कार्यक्रममा साहित्य, गायन, समाजसेवा,पत्रकारिता तथा खेलकुद क्षेत्रमा सक्रिय महिलाहरूलाई अमेरिकाका लागी नेपाली राजदूत डा.अर्जुन कार्कीे र सर्वोच्च अदालतका न्यायधिस सपना प्रधान मल्लले सम्मान पत्र प्रदान गर्नुभएको हो । सम्मानित हुनुहुनेमा, साहित्यतर्फ सिता पाण्डे, निलम कार्की निहारिका, गायनतर्फ सपनाश्री, पत्रकारितातर्फ माम्पी घोष, खेलकुदतर्फ मिरा राई र सामाजसेवातर्फ केमिका भण्डारी र जोली अमात्य रहका छन् । 

कार्यक्रममा प्रमुख अथिति कार्कीले अमेरिकाको व्यस्त दैनिकीका बावजुद आफ्नो क्षेत्रलाई निरन्तर सक्रिय रहनसक्नु आफैँमा महत्पुर्ण कार्य हो भन्दै सम्मानित व्यत्तित्वहरुको प्रशंसा गर्नुभयो । “ राज्यको हरेक तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नु सरकारको नीति हो ।” सर्वाेच्च अदालतका न्यायधिस मल्लले संविधानमा व्यवस्था भएको अधिकारको उपयोग गर्नका लागी आंफै सचेत हुनुपर्न बताउनु भयो । “नेपालको संविधानले महिला अधिकारको बारेमा अग्रगामी व्यवस्थाहरू पनि गरेको छ तर त्यसको उपयोगको लागी हामी आफैँ सचेत हुनु जरुरी छ,” वहाँले भन्नुभयो । कार्यक्रममा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले एनआरएनले नारी शशक्तिकरणको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनु भयो । क्षेत्रीय उपाध्यक्ष बन्दना कोइरालाले निर्णायक तहमा महिलाको सहभागिता नभएसम्म महिला अधिकारको कार्यन्वयन नहुने बताउनु भयो । एनआरएनए अमेरिका महिला समिति संयोजक राधा ज्ञावलीले महिला अधिकारको लागी महिला एकताको अवश्यकता भएको बताउनु भयो ।

कार्यक्रम एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष बन्दना कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू