अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

जिपीको ७ औं स्मृति दिवसको अवसरमा न्यु योर्क च्याप्टरद्दारा कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ चैत ८ गते २२:१९ मा प्रकाशित

यही मार्च १९ तारिक आइतबारका दिन नेपाली जन सम्पर्क समिति न्यू-योर्क च्याप्टर अमेरिकाले जननायक गिरिजा प्रसाद कोइरालाको ७औं स्मृति दिवसको अवसर पारेर “नेपालको वर्तमान समसामयिक राजनीतिक अवस्थाको” बारेमा एक वृहत् कार्यक्रमको आयोजना गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद सरिता प्रसाईको प्रमुख आथित्य र नेपाली काँग्रेसका सांसद कमल अख्तरको विशेष आथित्यमा गरिएको उक्त कार्यक्रममा न्यु योर्क वासी नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रमुख अथितीको रूपमा बोल्दै नेका केन्द्रीय सदस्य एवं सांसद सरीता प्रसाईले संविधान निर्माणमा जसरी नेकाले नेतृत्व गरेको थियो, उसैगरी सबैको भावनालाई समेटेर कार्यान्वयनमा पनि नेतृत्व दिने कुरा राख्दै, त्यसका निमित्त काँग्रेसको मध्यमार्गी बिचार सर्वोकृष्ट भएको कुरा राखेका थिए । 

अहिले देशले निर्वाचन चाँहेकोले, सबैलाई मिलाएर निकास दिन स्थानीय तहको निर्वाचन गराउँने पक्षमा काँग्रेस रहेको कुरा बताउँदै, सङ्गठन भित्र साना तिना असमतिहरू हुने भएकोले, प्रवासमा मिलेर बस्न केन्दीय सदस्य एवं सांसद प्रसाईले सबै सँग आग्रह गरेका थिए । विशेष अथिति नेकाका सांसद कमल अख्तरले पिछडिएका वर्ग, मधेसी, जनजाति,अल्प सङ्ख्यकहरूका निमित्त बनेका आयोगहरूको अहिले सम्म पनि एेन,नीति, कानुन बन्न नसक्दा संविधान कार्यान्वयनमा समस्याहरू आइरहेको कुरा बताएका थिए । अर्का अथिति नेपाली काँग्रेसका पुराना नेता त्रैलोक्य प्रताप सेनले मिलाउँन सकेमा जन सम्पर्क समिति अमेरिकाले मातृ पार्टी काँग्रसका लागि धेरै कुराहरू दिन सक्ने कुरा सम्झाएका थिए । पूर्व संयोजक विष्णु सुवेदीले साधरण सभाको कुनै औचित्य नभएकोले संस्थाको डेलिगेट भेलाको बारेमा चर्चा गरेका थिए । लामो समय पछि मिलेको सङ्गठनलाई अहिलेको नेतृत्वले पुन: विवाद तिर धकेलेको आरोप समेत सुवेदीले लगाएका थिए ।

नेपाली जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले मुलुकका ठुला दलहरूको लोकतान्त्रिककरण, सामाजिककरण र आधुनिकीकरण हुन नसक्दा देशको राष्ट्रियता र लोकतन्र कमजोर बनेको होकी भन्ने कुराको उठान गरेका थिए । एक छुट्टै प्रसङ्गमा महासचिव नेम्बाङले सङ्गठनमा देखिएका विमतिहरूको समाधान गर्ने थलो साधरण सभा नै भएकोले सबैलाई सहभागी गराउँने वातावरणको सृजना आफूहरूले गरिरहेको कुरा बताएका थिए । 

केन्द्रीय कोषाध्यक्ष विजय थुलुङले अहिले सङ्गठनमा कुमारहरू होइन गणेश प्रवृति हाभि भएकाले दु:ख गरेका कार्यकर्ताहरू कहिल्यै माथि उठन नसकेको दु:खेसो पोखेका थिए । अन्य बक्ताहरूमा नेपाली जन सम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्यहरू सुवास लामा , हरि शर्मा , प्रमोद सिटौला, नेपाली सांस्कृतिक सङ्घ अमेरिकाका संयोजक बिक्रान्त बस्नेत, नेपाली लगंआईल्याण्ड समाज अमेरिकाका सभापति दुर्गेश कार्की, नेपाल आदिवासी जनजाति सङ्घीय परिषद् अमेरिकाका सभामुख विनोद पोमो, एनआरएन न्यु योर्क च्याप्टरका सभापति टेम्बा शेर्पा, एनआरएन अमेरिकाका सल्लाहकार डा.विनोद शाह, केन्द्रीय सदस्य हरीश चन्द्र हमाल लगायत थिए । स्थानीय ज्याक्सन हाईटको थकाली रेस्टुरेन्टमा भएको सो कार्यक्रमका अथितिलाई च्याप्टरका सचिव अनिल पाण्डेले खादा लगाई दिएका थिए, भने स्वागत मन्तव्य च्याप्टरका सदस्य विवेक पौंड्यालले गरेका थिए। नेपाली जन सम्पर्क समिति यूयार्क च्याप्टर अमेरिकाका सभापति रोशन ढंगनाको अध्यक्षतामा संम्पन्न भएको उक्त कार्यक्रमको संन्चालक भने च्याप्टरका उपसभापति अमर तामांगले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू