अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

अमेरिकाको बाल्टिमोरमा जातीय तथा सबै प्रकारका विभेद विरुद्ध प्रवासी अभियान विषयक कार्यक्रम सफलता पूर्वक सम्पन्न

बिआरटीनेपाल २०७३ चैत ६ गते २२:४१ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जातीय तथा सबै प्रकारका विभेद विरुद्ध प्रवासी अभियान विषयक कार्यक्रम सम्पन्न भएको छ lअन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा उक्त कार्यक्रमको आयोजना गरिएको हो l

उक्त कार्यक्रम सन् २००४ देखि नै अमेरिकाको डिसी महानगर क्षेत्रमा दलित ,जातीय विभेद विरुद्ध तथा सामाजिक सेवामा काम गरी रहेको नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्युनिटी (नासो कम्युनिटी) अमेरिका ,सन् २००८ देखि नै दलितका अधिकार सम्बन्धी काम गर्दै आई रहेको इन्टर नेसनल कमिसन फर दलित राइट (आइसीडीआर) तथा सन् १९९८ मा नेपालका दलित महिला तथा बालबालिकाको मानव अधिकारको रूपमा काम गर्दै आएको नेपाल दलित महिला उत्थान सङ्घ (एडवान) को सयुक्त आयोजनामा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ l 

कार्यक्रम को उद्घाटन पानसमा बत्ती न्यूयोर्कका महा बाणिज्यदूत क्रिसू क्षेत्रीले गरेका थिए भने अतिथिहरूलाई खादा लगाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली तथा अमेरिकाको राष्ट्रिय गीत वजाईएको थियो ।

न्याय र समानताका लागि हामी जहाँ भए पनि, केही गरौँ भन्ने आवाज सहित सम्पन्न उक्त कार्यक्रममा वासिङ्टन डिसी महानगर क्षेत्र तथा अमेरिकाका विभिन्न राज्यहरूमा क्रियाशील सङ्घ/संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो l

अतिथि तथा केही सङ्घ/संस्थाका प्रतिनिधिहरूले मन्तव्य राख्नूका साथै शुभकामना दिएका थिए ।कार्यक्रममा दलित आन्दोलनमा योगदान पुर्‍याउने ६ जना विशेष व्यक्तिहरूमा न्यूजर्सी बाट सञ्चालित यूसनेपाल अनलाइनका संस्थापक तथा संचारकर्मी प्रदिप परियार थापा,प्रकाश नेपाल ,दोर्ण रसाईली ,डा डी के गूरूग ,चन्द्रकला सुन्दर र विक्रम पोखरेललाई सम्मान गरिएको थियो । 

प्रमुख अतिथि क्षेत्री ले दलित सम्बन्धी इतिहास कोट्याउदै हामीले अन्य जातजाती र थरलाई सम्झन्छौ तर दलित लाई कहिले सम्झेनौ भने । उनीहरूले कस्तो भूमिका गरे कहिले उल्लेख गरेनौ भनी कुरा राखे । दलितलाई अमेरिका मा विभेदको कुरा गरे भने म त्यसलाई म न्यु योर्क वाट कार्यवाही गर्ने प्रतिबद्धता गरे । अमेरिकामा अहिलेको परिस्थितिमा कसैलाई केही समस्या उत्पन्न गरे आफूले आफ्नो भूमिका रहे सम्म भूमिका निर्वाह गर्ने बताए ।

उक्त कार्यक्रममा नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माले सभापतित्व गर्दै र कार्यक्रमको समापन गरेका थिए । यसै गरी न्युजर्सीबाट आएकी महिला अधिकार कर्मी तथा एडवानकि संस्थापक सभापति विष्णु माया परियार (बिद्या वारिधि ) ले महिला शशक्तिकरणको कुरा राख्दै छूवाछत र दलित समस्या सबैको समस्या भएकोले सबै मिलेर काम गर्नू पर्ने बताईन । विभेद तल्लो स्तर बाट नै हटाउनू पर्ने बताईन ।

आइसीडीआरका संस्थापक सभापति डिवि सागर विश्वकर्माले मन्तव्य राख्दै केही सुझाव पेस गरेका थिए । कार्यक्रम सञ्चालन पूर्ण सिंह बराईली तथा स्वागत मन्तव्य धन नेपालीले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू