अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

आफ्नो सबै तलव दान गर्दै राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७३ चैत १ गते ०:२५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एक बर्षको पुरै तलव दान गर्ने भएका छन् । बर्षको चार लाख डलर अर्थात नेपाली चार करोड २५ लाख रुपैयाँ तलव स्वरुप पाएका ट्रम्पले सो रकम कुनै परोपकारी संस्थालाई दान गर्ने घोषणा गरेका हुन् ।

ह्वाइट हाउसका प्रवक्ता शाँन स्पाइसरका अनुसार ट्रम्पले देशको कानुनको कदर स्वरुप पाउँदै आएको सम्पुर्ण तलवमध्य १ डलर तलव मात्र आफुले राख्नेछन् । आफ्नो चुनावी अभियानकै क्रममा ट्रम्पले आफुले राष्ट्रपतिको चुनाव जित्न सके पदबाट आउने कुनै तलब नलिने र कहिल्यै छुट्टी पनि नलिने घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू