अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

दिनभर बन्द रर्यो ७ नम्बर प्रदेश, भारतिय नम्बर प्लेटका गाडीमा रोक

बिआरटीनेपाल २०७३ फागुन २७ गते ३:२७ मा प्रकाशित

कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएबी) ले चलाएको गोली लागेर एक नेपालीको युवाको ज्यान गएपछि भारतीय एसएसबीको ज्यादतीको विरोधमा शुक्रबार ७ नम्बर प्रदेश बन्द गरिएको छ । नेकपा माओवादी गरेको बन्दले बन्दको कारण सो क्षेत्रमा यातायात, कलकारखाना तथा शैक्षिक संस्था ठप्प भएका छन् भने भारतिय नम्बर प्लेटका गाडीहरुमाथी हिजै रातिदेखी रोक लगाईएको छ ।

आज दिनभर कञ्चनपुरमा भारतिय नम्बर प्लेटका गाडिहरु चल्न सकेनन् । आक्रोशित स्थानीय बासिन्दाले बिहीबार भारतीय नम्बर प्लेटका गाडीमा तोडफोड तथा आगजनी गरेपछि स्थानीय प्रशासनले स्थिति सामान्य नहुँदासम्म भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाएको हो ।
भारतीय पक्षसँग आक्रोशित स्थानीय बासिन्दाले बिहिबार भारतीय नम्बर प्लेटका यूके ०४एफ ५६०९ र यूके ०६ डब्लु ००६२ नम्बरको मोटरसाइकल तथा डिएल ९ जी ४४६३ नम्बरको गाडीमा तोडफोड तथा आगजनी गरेकाले बिहीबार रातिदेखि नै भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू