अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

मिस्टर दाङ घोराही अडिसनबाट १२ युवा छनौट

बिआरटीनेपाल २०७३ फागुन २५ गते २२:४० मा प्रकाशित

दङ्गाली युवा लक्षित प्रथम ह्याण्डसम एवं ट्यालेन्ट हन्ट मिस्टर दाङको घोराहीको प्रथम अडिसनबाट बाह्र जना युवाहरु छनौट भएका छन् । अडिसनबाट गोपाल डाँगि, मनोज श्रेष्ठ,राज रावत,रोहित रोकाया,अन्जन थापा,प्रकास जि.एम.,अरुण पुन मगर,अर्जुन थापा,बादल खड्का,किरन डि।सि,शिशिर रावतर कूल बहादुर योगी छनौटमा परेका हुन् ।

डि टेन इन्टरटेन्मेन्टका प्रमुख सल्लाहकार केशव नेपालीको सभाअध्यक्षता एवं मिस्टर दाङ मुख्य ब्राण्ड एम्बेसडर डान्स आइकन दाङ बिजेता आशिका रजौरेको प्रमुख आतिथ्य तथा ब्राण्ड एम्बेसडरहरु डान्स आइकन दाङ लेडि फस्ट सीया एल।सि,डान्स आईकन दाङ स्टार एरिका आचार्य,डान्स आईकन दाङ फस्ट रनर अप एलिशा बैष्य, गोल्डेन आईडल बिजेता बर्षा लम्साल र नृत्याङ्गना जलजला अधिकारीको विसिस्ट आतिथ्यमा सम्पन्न अडिसनमा दाङ्गाली युवाहरुको सर्वा्ङ्गिण बिकास गरी मोडलिङ्गको ट्रेन्ड बिकास गर्ने उद्देस्यले इभेन्टको आयोजना गर्न लागिएको डि टेन इन्टरटेन्मेन्टका अध्यक्ष बिष्णुकुमार देवकोटाले दिएका छन् ।
गायन,नृत्य,अभिनय, मोडलिङ्ग,भाषण कला तथा साहित्य एवं समाजसेवाको क्षेत्रहरुबाट युवाहरु छनौटगरी बन्दप्रशिक्षण मार्फत ग्राण्ड फिनालेको आयोजना गरी मिस्टर दाङ घोषणा गरिने छ ।

मिस्टर दाङ ले २५ हजार रुपैयाँ नगद,स्लम डान्सर फिल्ममा खेल्ने अवसरहरुका अलावा म्युजिक भिडियोहहरुमा मोडलिङ्गको अवसरका साथमा आकर्षक गिफ्ट ह्याम्परहरुको साथमा मेडल र प्रमाणपत्र पाउने छन् भने अन्य सहभागिहरुले कुनै नकुनै अवार्डको साथमा आकर्षक गिफ्ट ह्याम्परहरुको साथमा आकर्षक मेडल तथा प्रमाणपत्रहरु पाउनेछन् ।

 

प्रतिक्रिया