अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

कमल मान सिंह ‘रम्ने झुम्ने’ लिएर बजारमा( भिडियो सहित) 

बिआरटीनेपाल २०७३ फागुन २४ गते ६:१० मा प्रकाशित

स्रोताको रोजाइमा परेका गीतहरु ‘पर्खाइको पीडा’, ‘ओ कति मीठो माया’ सहित दर्जनौं लोकप्रिय गीतका गायक कमल मान सिंहले गाएको नयाँ पप गीत ‘रम्ने झम्ने यही बेला हो…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीको यो गीतमा संगीतकारको रुपमा समेत स्थापित भैसकेका गायक कमल मान सिंहकै शब्द तथा संगीत निर्देश्ँन छ । होलीको पूर्व सन्ध्यामा सार्वजनिक भएको यो गीतमा शैलेन्द्र एम प्रधानको संगीत संयोजन छ ।

मोहन राज अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा रायन तथा मोनिकाले अभिनय गरेका छन् । माधव बेल्वासेद्वारा सम्पादित यो भिडियोका छायांकार ज्ञानेन्द्र शर्मा हुन् ।

https://www.youtube.com/watch?v=qEDnFEGmVb4&feature=youtu.be

प्रतिक्रिया