अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

अमेरिकी एन आर एनमा चुनावी दौडाह

बिआरटीनेपाल २०७३ फागुन २२ गते ८:०८ मा प्रकाशित

आगामी मे महिनाको मध्य तिर अमेरिकामा एन आर ए (एन सी सी) को चुनाव हुँदैछ । त्यसका लागी एन आर एन अमेरिकाको चुनावी सरगर्मी यतिखेर निकै तातेको छ । एन आर एन अमेरिकाको चुनावका लागी हाल सदस्यता खोलिएको छ । सदस्यता सङ्ख्यामा भने उल्लेखय वृद्धि भएको छैन । सदस्य सङ्ख्याको उल्लेख वृद्धिका नाममा विशेषत अध्यक्षका उम्मेद्धारहरुको चहलपहल निकै वढन थालेको छ ।

हाल सम्म अध्यक्षका उम्मेद्धारहरु
एन आर एन अमेरिकाको आगामी चुनावका लागी हाल सम्म अध्यक्षका मैदानमा दश जना देखिएका छन् । तथापि भोलि अरुहरुले पनि दाबी गर्न सक्ने अवस्था यथावत छ । हाल कायम रहेको कार्यसमितिवाट डा. केशव पौडेल, कृष्ण पोखरेल, रविना थापा, राम पोखरेल, डिल्ली भट्टराई, वन्दना राणा अध्यक्षको मैदानमा उत्रियका छन् भने कार्यसमितिमा नरहेका न्यूर्योक च्याप्टर अध्यक्ष तेम्वा शेर्पा पनि सामेल छन् ।

उता हालको कार्यसमिति बाहिरबाट अध्यक्षको उम्मेद्धारमा दावा गर्नेहरुमा दुर्गा दाहाल, गौरी जोशी र मनमोहन सिंह घिमिरे रहेका छन् । यस अघि अध्यक्षका लागी दाबी गरेका कृष्ण कोइरालाको नाम हराएको छ । यस बाहेक अन्य पदहरुमा पनि दिनहु नयाँ नयाँ नाम अमेरिकी नेपाली डायस्पोरामा दिन दिनै अगाडि आएका छन् ।

अध्यक्ष उम्मेद्धारहरुको दौडादौड
यतिखेर आफ्नो पक्षमा जनमत बनाउन भावी अध्यक्षका लागी सम्भावना भएका उम्मेद्धारहरुको दौडधुप सुरु भएको छ । यस कार्यमा डा. केशव पौडेल, टेक्सासका उम्मेद्धार राम पोखरेल र अर्का उम्मेद्धार कृष्ण पोखरेल अगाडि देखिएका छन् । डा. केशव पौडेल हाल विभिन्न च्याप्टरहरुको भ्रमणलाई दिन दिनै वढाउदै छन् । उता अर्का प्रभावशाली टेक्सासका उम्मेद्धार राम पोखरेल न्यूर्योकमा छन् । उनले न्यूर्योकमा रहेका नेपाली डायस्पोराका वरिष्ठहरु आनन्द विष्ट, वेद खरेल, विष्णु सुवेदी, प्रमोद सिटौला देखि सन्जय थापा, श्री पराजुली, पानसका व्यक्तिहरूसँग महत्त्वपूर्ण भेटघाटमा व्यस्त छन् । पछिल्लो हप्ताहरुको तुलनामा उनले आफूलाई केही अगाडि वढाएका छन् । त्यस बाहेक टेक्सासकै अर्का उम्मेद्धार गौरी जोशीले पनि क्यालिर्फोनियावाट आफूलाई सक्रिय बनाएका छन् ।

को कसको पक्षमा ?
चुनाव आउन करिब २ महिना बाकी रहेको अवस्थामा अहिले को कसको पक्षमा भन्न गार्हो छ तर यतिखेर सबैभन्दा बढी चर्चामा भने हालका कार्यसमितिवाट डा. केशव पौडेल, कृष्ण पोखरेल, राम पोखरेल, रविना थापा र कार्य समिति बाहिरबाट गौरी जोशी रहेका छन् । हाल सबै उम्मेद्धारहरु अमेरिकी नेपाली डायस्पोराका महत्त्वपूर्ण व्यक्तिहरूलाई आ–आफ्नो पक्षमा पार्न चुनावी रणनीतिमा व्यस्त छन् । तथापि अहिले सम्मको आंकडा हेर्दा भने डा. केशव पौडेल, टेक्सासका राम पोखरेल र वर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलको स्थिति केही मजबुत देखिन्छ । उता एक मात्र महिला उम्मेद्धार रविना थापा र अर्का अध्यक्षका उम्मेद्धार गौरी जोशी दुवै चुनावी जोड घटाउमा अरुहरुलाई पछाउदै छन् ।

प्रतिक्रिया