अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

संगीतकार जीवेश शेढाईंको ‘सपना देख्थेँ सँधै’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन २२ गते ४:३९ मा प्रकाशित

संगीतकार जीवेश शेढाईंको ‘सपना देख्थेँ सँधै’ बोलको गीत बजारमा आएको छ । करिव ८ पहिले ‘तिमी गर या नगर’ बोलको गीतबाट संगीतकारको रुपमा परिचय बनाएको संगीतकार जीवेश शेढाईंको नयाँ गीत सपना देख्थेँ सँधै बोलको गीत गायक सुगम पोख्रेल र श्रेया सोताङको आवाजमा बजारमा आएको हो ।

सपना देख्थेँ सँधै बोलको गीतमाथी बनेको भिडियो पनि सार्वजनिक भएको छ । फोटोग्राफर श्रीधर पौडेलले निर्देशन गरेको भिडियोमा निराजन प्रधान र भावना पुनको अभिनय रहेको छ ।

युवा पुस्तालाई लक्षीत गरि बनाइएको भिडियोबाट संगीतकार जिवेश निकै उत्साहित रहेको बताएका छन् ।

प्रतिक्रिया