अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

बोस्टनमा धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम गरिने

बिआरटीनेपाल २०७३ फागुन २१ गते २२:३३ मा प्रकाशित

अमेरिकाको बोस्टनमा बसोबास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि “धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम “नाम कार्यक्रम गर्ने भएका छन् l मातृभूमि लाई परेको दुखमा ऐक्यबद्धता र आफ्नो क्षमता अनुसार बेला बेलामा सहयोग गर्दै आई रहेका ती समूहले सञ्चार माध्यममा बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि अर्थको सङ्कट भन्ने जानकारी पाए पछि साथीभाई सँग सल्लाह गरेर धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम गर्ने भएका हुन् l

मानवता र सद्भाव लागि सहकार्य राष्ट्र निर्माण तपाईँ हाम्रो अभियान भन्ने नारा रहेको कार्यक्रमलाई सफल र भव्य बनाउन युवा समूह बोस्टनबासी नेपाली समुदाय सँग सम्पर्क र आफ्नो अभियानको प्रचार प्रसारमा जुटेका छन् l केही दिन अगाडी एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको जानकारी धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताएका थिए l पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते बस्ती निर्माण भइरहको र, अहिलेसम्म ३६ प्रतिशत काम सकिएको छ । आगामी वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेको धुर्मुसले बताएका थिए l

कर्म वीर धुर्मुस -सुन्तली अभियान लाई सहयोग गरौँ भन्ने मुख्य उद्देश्य भएको हुँदा उठेको रकम को सत प्रतिशत धुर्मुस सुन्तली फाउन्डेसनमा जाने कार्यक्रमको आयोजना गर्ने समूह मध्येका सदस्य शिव प्रकाशले बताए l रात्रि भोजनको प्रायोजन बोस्टन स्थित हिमालयन बिस्ट्रोले गर्ने भएको छ भने रात्रि भोजन तथा सभा कक्षको लागि निःशुल्क उपलब्ध हिमालयन बिस्ट्रोले गराएको शिव प्रकाशले थप जानकारी दिएका छन् l बोस्टन का कार्यक्रम को आयोजना गर्ने समूहले धुर्मुस सुन्तली फाउन्डेसनको लागि एकीकृत नमुना मुसहर बस्तीका लागि गो फन्ड नामक खाता खोल्नको लागि प्रक्रिया पनि अगाडी बढाएको छ l सहयोग गर्न चाहनेले उक्त फन्ड बाट पनि आर्थिक सहयोग गर्न सरल होस् भन्ने हेतुले त्यस तर्फ सोच बनाइएको आयोजकले बताएका छन् l

धुर्मुस -सुन्तली अभियान सहयोग कार्यकम गर्ने समूहमा शिव प्रकाश, सुशील पौडेल, निर्मला शेरचन, राधेश्याम यादव, सुरेश वाग्ले, मबि सिंह, सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ(बम्बे मार्केट ) रहेका छन् l कार्यक्रम आगामी मार्च १९ तारिख बोस्टनमा हुने छ भने कार्यक्रम साँझ ७ बजे देखि ९ बजे सम्म रात्रि भोज कोष वृद्धि कार्यक्रम गरिने छ l कार्यक्रम हिमालयन बिस्ट्रो रेस्टुरेन्टमा हुने छ l आयोजक समूहका शिव प्रकाशले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि सहयोग गर्न सम्पूर्ण बोस्टन बासीलाई अनुरोध यसै सञ्चार माध्यम बाट अनुरोध गरेका छन् l

आयोजक समूहका शिव प्रकाश समाज सेवी मात्र नभई लेखक पनि हुन् l समाज सेवा गर्नु परेमा आफू मात्र नभई पतिपत्नी दुवै जना सहयोग गर्न ईक्षा र मन राख्दछौ भने l उनले नेपाल को भूकम्प तथा शिक्षा क्षेत्रमा समेत आर्थिक सहयोग गरी सकेका छन् l धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रममा एक पैसा पनि खर्च काटिने छैन भन्दै सङ्कलन भएको सम्पूर्ण रकम नेपाल पठाइने पुन स्मरण गराएका छन् l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू