अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

लस एन्जलसबासीले महाशिवरात्री आफ्नै मन्दिरमा मनाए

बिआरटीनेपाल २०७३ फागुन १४ गते १७:०० मा प्रकाशित

लस एन्जलस- फेब्रुअरी २५, लस एन्जलसबासीहरुले हिन्दुहरूको पवित्र रात महा शिभरात्री भव्य रूपमा मनाए । नेपालका विभिन्न चाड पर्बहरुले नेपाली मनलाई कहिले उलासमय बनाईदिन्छ त कहिले धार्मिक आस्थाले शान्तमय बनाईदिन्छ । मात्रीभुमी नेपालका यस्ता पर्बहरुको यादले छट्पटिएर ढोका थुनेर रसिला आँखा बनाउनु पर्ने बाध्यता अब लस एन्जलसमा रहेन । 

श्री पशुपतिनाथ फाउण्डेसनको पहलमा अधिकांश लसएन्जलसबासीहरुको सहयोगले किनिएको आफ्नै मन्दिरमा पूजागर्न पाउँदा खुसी व्यक्त गर्नु हुन्छ संस्थाका अध्यक्ष भक्त थापा । त्याहा राखिने सबै भगवानका मुर्तीहरु आईपुगेका र यथाशिघ्र प्रतिस्ठापन गर्नका लागि जोड्तोडका साथ काम भइरहेको छ । शिवलिङ्ग प्रतिस्ठापन भईनसकेको भएतापनी स्थानीय गुरुहरु पुरुश्वत्तम सापकोटा, विष्णु पौडेल, शान्ता प्रसाद पाठक र ईश्वरी भट्टराईबाट पाठ गरी आरोग्यदेव पशुपतिनाथको पूजा गरिएको थियो । 

आफ्नै पसिनाको थोपा-थोपा जम्मा गरेर किनिएको मन्दिर भित्र पूजा गर्न पाउँदा स्थानीय बासिन्दाहरु आनन्दित भएका छन् । स्थानीय अभिबाकत्व ग्रहण गरी रहनु भएका समाजसेवी तथा मन्कारी व्यक्ति बेदभक्त जोशीको मुख्य कर्ताको भूमिका रहेको थियो । उक्त पूजामा अधिकांश एल ए बासीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

प्रतिक्रिया