अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३
| Colorodo: 09:08
राप्रपाको एकता महाधिवेशनमा अध्यक्षका लागि मतदान सकिएको छ भने सदस्यहरुको मतदान भोलि मात्र हुने भएको छ । कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी परेको राप्रपा अध्यक्ष पदमा भएको मत परिणम पनि आज नै सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।
विद्युतीय मतदान मेसिन प्रयोग गरिएकाले नतिजा चाडैं निस्कने समितीले जनाएको छ । यस पटक ९८ जना केन्द्रिय सदस्यका लागि ३ सय ६३ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार ३ हजार २ सय ८७ मतदाता छन् । राप्रपाको नयाँ विधानअनुसार १ सय ६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत अर्थात ९८ पदका लागि चुनाव हुनेछ भने बाँकी क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।