अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

भर्जिनियाका युवकलाई आईएसआईएस लाई सहयोग गरेको आरोपमा साढे आठ वर्ष कैद

बिआरटीनेपाल २०७३ फागुन ७ गते १४:४० मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको बर्कमा बस्दै आएका २६ वर्षीय हरिस क्वामार लाई अदालतले साढे ८ वर्ष कैद को फैसला सुनाएको छ l यसको अतिरिक्त उनलाई २० वर्ष सम्म पर्यवेक्षक गरिने निर्णय पनि सुनाएको छ l

उनले आईएसआईएस लाई सामाजिक सञ्जाल ट्वीटर मार्फत आईएसआईएस लाई प्रबर्धन गर्नु को साथै डिसी क्षेत्रका सरकारी भवन ,कार्यालयका तस्बिर तथा श्रब्य दृश्य समेत लिएको संलग्नतामा आरोप लगाइएको छ l
उनलाई गत वर्ष २०१६ को जुलाईमा गिरफ्तार गरिएको थियो l उनले सङ्घीय अनुसन्धान विभाग (एफबिआई)का गुप्तचरलाई आईएसआईएस साँठगाँठ भएको र रक्तपात र टाउको काटिएका तस्बिर र श्रब्य दृश्य हेर्न मन पराउने जस्ता बयान दिएका थिए l

क्वामार ले कुर्दिश व्यक्तिलाई हतियारले काटेको र मेरुदण्ड भाचिएको आवाज सुनिदा मन पराएको भनी सरकारी वकिल द्वारा प्रकाशित छापा विज्ञप्तिमा जनाएको छ l यसको साथै क्वामारका दुई परिचितलाई गत बुधवार १५ तारिखमा भर्जिनियाको फल्सचर्च बाट ३२ वर्षीय सौफ़ियन आम्री तथा २८ वर्षीय माइकल क्विन लाई भर्जिनियाको वुडब्रिज बाट पक्राउ गरिएको छ l

उनीहरू दुवैले क्वामारलाई सोधपुछमा गलत बयान तथा झुटा कागजात बुझाएका थिए भने उनीहरूले न्यायलाई अवरोध गरेको आरोप समेत लगाइएको छ l गत जुलाईमा क्वामारका माता पिताले डिसी क्षेत्रमा सञ्चालित एनबिसीन्युज४ लाई आफ्नो छोराको हर्कत देखि साह्रै दुखित भएको र पढाई छोडेकोमा चिन्ता व्यक्त गरेका थिए l

क्वामारले सङ्घीय अनुसन्धान विभाग (एफबिआई) का गुप्तचरलाई टर्कीको लागि हवाई प्रवेश पत्र (टिकट) लिएको भएता पनि आमा बुवाले रोकेको बताएका थिए l उनले उनका पिताले राहदानी दिएको भए आतङ्कवादी समूह आईएसआईएस भर्ना हुने भनेका थिए l

यदि त्यस्तो भएको भए म काम फत्ते गर्थे र म छोड्थे भनेका थिए भनी सङ्घीय सरकारी पक्षका अभियोजकले जनाएको एपीले लेखेको छ l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू