अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

‘हिमालय फेष्टिभल’को चौथो श्रृंखला अमेरिकाको हेरिसबर्गमा

बिआरटीनेपाल २०७३ फागुन ६ गते २०:५९ मा प्रकाशित

‘हिमालय फेष्टिभल’को चौथो श्रृंखला अमेरिकाको हेरिसबर्गमा हुने भएको छ । यसअघि २०१४, १५ र १६ मा हिउस्टन टेक्सस, टेनिसी र क्लिभलेन्डमा भब्य रुपमा सम्पन्न भएको यो फेष्टिभल यो पटक भने अमेरिकाकै हेरिसबर्गमा हुने भएको हो ।

गायन, नृत्य, खेलकुद र ब्युटी प्याजेन्ट सहितको बृहत कार्यक्रम समेटिने ‘हिमालय फेष्टिभल’मा अघिल्ला बर्षहरुमा झैं यो बर्ष पनि स्थापित कलाकार र सेलिब्रेटीहरु देखि नव प्रतिभाहरुका प्रस्तुतीमा अमेरिकाबासी नेपालीहरुले भरपुर मनोरञ्जन लिन पाउने बताईएको छ ।
कला, साहित्य र संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्धेश्यले पर्वकै रुपमा मनाउँदै आईएको हिमालय फेष्टिभलले प्रवासमा रहेका नेपाली-नेपाली बिचको आत्मीयतालाई जोड्ने काम गरिरहेको छ ।

जुलाई २० देखि २३ सम्म पेन्सिलभेनियाको हेरिसवर्गमा चल्ने यो फेष्टिफलका लागि सबै नेपालीभाषीलाई कार्यक्रममा उल्लासका साथ सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

प्रतिक्रिया