अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

म्यारिल्याण्ड राज्यमा दिउसो ३ जना मानिसलाई गाडी भित्र गोली प्रहार

बिआरटीनेपाल २०७३ फागुन ६ गते १७:३१ मा प्रकाशित

अमेरिकाको पूर्व मेरिल्याण्ड राज्यको ओसियन सहर देखि पश्चिममा क्यालिफोर्निया सम्म झन्डै ३ हजार माइल्स फैलिएको प्रख्यात राजमार्ग ५० मा ३ जना मानिसलाई सवारी साधन भित्र नै गोली प्रहार गरिएको छ l

उक्त घटना आज दिउसो ३ बजे घट्न गएको हो l उक्त घटना प्रिन्स जर्ज काउन्टी को ५० मा भएको प्रहरीले जनाएको छ l अज्ञात व्यक्तिले अन्धधुन्ध गोली चलाएका थिए भने उक्त गोली प्रहार कोलम्बिया पार्क रोड तथा केनिथ ओर्थ इभे न्यु को बिचमा बिहीबार घटना घटेको हो l

प्रिन्स जर्ज काउन्टीका प्रहरीका अनुसार आफ्नो सवारी साधन कार भित्र बसेको अवस्थामा गोली चलाईएको बताएका छन् भने ३ जनालाई अस्पताल लागिएको छ l प्रहरीले उनीहरू ३ जनाको अवस्था चिन्ताजनक नभएको बताएको छ l

बन्दुकको गोलीले कारको सिसा तथा अन्य तर्फ छरिएको फेला परेको छ भने प्रहरीले यो महँगो पर्ने र आफूहरू यसको निकै अगाडी पुगी सकेको बताएका छन् l

खोज तलासी गर्ने क्रममा सडक बन्द गरिएको थियो भने साझ परे पछि राजमार्ग खोलिएको थियो l अहिले अवस्था सामान्य भएको एनबिसीले लेखेको छ l बन्दुक धारी तथा अन्य विशेष कुनै जानकारी प्रहरीले दिएको छैन l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू