अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

चारजना विशेषज्ञलाई सम्मान गरिने

बिआरटीनेपाल २०७३ फागुन ४ गते ४:२१ मा प्रकाशित

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रा. डा. जीवराज पोखरेललाई भूकम्पबाट क्षति कम गर्ने उपाय पत्ता लगाउने नेपाली वैज्ञानिकका रूपमा विज्ञान–प्रविधि सम्मानबाट र काठमाडौँ विश्वविद्यालयको शैक्षिक गुणस्तर राख्नमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएकोमा उक्त विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. डा. भद्रमान तुलाधरलाई शिक्षा सम्मानबाट सम्मानित गरिने भएको छ ।

साथमा आमसञ्चार सम्मानबाट नेपाली आमसञ्चार क्षेत्रको विकासमा उल्लेख्य भूमिका खेल्नुभएकोमा श्रीधर खनाललाई र सामाजिक जागरण सम्मानबाट समाजसेवाका कार्यहरू गरी सामाजिक जागरण गराउनुभएकोमा भद्रकुमारी घलेलाई पनि सम्मान गरिने भएको छ ।

शब्दयात्रा प्रकाशनले आगामी फागुन १७ गते काभ्रेको बनेपामा विशेष समारोहको आयोजना गरी उहाँहरूलाई सम्मान गर्न लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू