अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

जेसीजको मिडिया प्रमुखमा तिम्सिना

बिआरटीनेपाल २०७३ फागुन २ गते ६:०३ मा प्रकाशित

नेपाल जेसीजले मोरङको पथरी जेसीजका पूर्व अध्यक्ष पूर्व पत्रकार दीपेन्द्र तिम्सिनालाई जेसीजको नेशनल मिडिया चेयरमेनमा मनोनयन गरेको छ ।पथरी जेसीजका सन् २०१५ का अध्यक्ष तिम्सिनालाई नेपाल जेसीजका राष्ट्यि अध्यक्ष प्रकाशप्रसाद अधिकारीले नेशनल मिडिया चियरमेनमा मनोनयन गर्नुभएको हो ।

‘हो हामी चम्किने छौं’ भन्ने यस वर्षको आफ्नो प्रकरणलाई पुरा गर्दै जेसीजलाई अझ उचाईमा पुर्याउन मिडिया चियरमेनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै तिम्सिनालाई नियुक्त गरिएको अध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो । तिम्सिना यसअघि पत्रकारितामा समेत सक्रिय थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू