अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

तारा लक्समको ‘चुम्बकै हौ कि’मा ठमेल बजारकी एलिशा राई (भिडियो सहित)

बिआरटीनेपाल २०७३ फागुन २ गते ५:४६ मा प्रकाशित

‘लुट २’ को ‘ठमेल बजार’ की आइटम गर्ल एलिशा राई हिजोआज एक्सन कटमा निकै व्यस्त छिन् । म्युजिक भिडियोमा एलिशालाई भ्याइनभ्याइ नै छ । भर्खरै मात्र एलिशाले ‘नेपाली तारा २’ का उपविजेता तारा लक्सम लिम्बुले गाएको ‘चुम्बकै हौ कि तिमी त’ बोलको गीतमा मोडलिङ गरेकी छिन् ।

डिपी खनालको शब्द र लक्सम आफ्नै स्वर तथा संगीत रहेको गीतको भिडियोलाई सागर राजले निर्देशन गरेका छन् । जसले सुपरहिट गीत ‘पानी पर्यो’ को भिडियो निर्देशन गरेका थिए । गीतको भिडियो केही दिनमा रिलिज हुने ताराले बताएका छन् । भिडियोलाई अनिल मानन्धरले खिचेका छन् ।

यसअघि पनि केही गीतहरु बजारमा ल्याइसकेका तारा यस गीतबाट भने निकै आशावादी छन् । उनी आफैं पनि भिडियोमा विभिन्न भूमिकामा देखिएका छन् । डान्स इन्डिया डान्स सिजन चारबाट चर्चामा आएका सुनिल क्षेत्री र उनको समुहले भिडियोमा सशक्त नृत्य प्रस्तुत गरेका छन्।

प्रतिक्रिया