अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

एमाले संविधान संशोधनमा आउने माओेवादी प्रवक्ता भुसालको खुलासा

बिआरटीनेपाल २०७३ फागुन २ गते ३:४८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेकपा एमाले संविधान संशोधनको प्रक्रियामा सहभागि हुने खुलासा गरेकी छन् । रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले एमाले मुलुकको जिम्मेवार पार्टी भएकाले संविधान निर्माणमा उसको भुमिका महत्वपूर्ण भएका कारण एमाले संविधान संशोधनमा सहभागि भई संविधान कार्यान्वयनमा अग्रसर भइरहेको बताएकी हुन् ।

एमालेले प्रधानमन्त्री पाउनको निम्ति मात्रै संविधान नलेखेको र पछिल्लो समय संविधान कार्यान्वयनको लागि संविधान संशोधनमा सहभागि हुनका लागि सकारात्मक भएको उनको भनाइ छ ।

एमालेले मधेशवादी दलसँगको छलफलमा समेत लचकता अपनाएको र विस्तारै एमाले संविधान संशोधनमा सहभागि हुने संकेत दिएकाले सरकारले तोकेको समयमा निर्वाचन हुने उनले बताईन् ।

कसैले भ्रम फैलाउँदैमा जेठमा स्थानीय तहको निर्वाचन नरोकिने भन्दै प्रवक्ता भुसालले सरकारले निर्णय गरेर निर्वाचन आयोगलाई पत्र पठाइसकेकाले स्थानीय तहको निर्वाचन जेठभित्र भइसक्ने पनि बताईन् ।

कुनै क्षेत्र, जातीको मात्र राष्ट्रवाद नभएकाले राष्ट्रियतालाई मजबुत बनाउन संविधान संशोधनमा सबै समावेश हुनुपर्ने साथै स्थानीय तहको पुनर्संरचनाको विषय टुगिने बित्तिकै सरकारले चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने र जेठमा निर्वाचन हुने उनको भनाई छ ।
प्रवक्ता भुसालले स्थानीय तहको निर्वाचन कसैले चाहेर रोक्न नसक्ने र अन्य तहको निर्वाचन कात्तिकमा गर्ने गरी यही सरकारले गृहकार्य गरिरहेको जानकारी दिईन् ।

वर्तमान सरकारले नै तीनै तहको निर्वाचन गर्ने र निर्वाचन नगरी सरकार परिवर्तन नहुने दावी गर्दै उनले तीन तहको निर्वाचन नभए सम्म सरकारको गठबन्धन नटुगिने बताईन् ।

एउटै पार्टीको सरकार बन्ने सम्भावना नभएको हुँदा वर्तमान सरकारले नै तीनै तहको निर्वाचन गरिसक्ने उनको भनाइ छ ।  प्रहरी प्रमुख चयन गर्ने अधिकार राष्ट्रको कार्यकारी प्रमुखको भएको बताउँदै यो न्यायपालिका वा अरु कुनै निकायको अधिकार क्षेत्र नभएको भुसालले बताईन् ।

े वर्तमान गठबन्धनले चयन गरेको आइजीपीको निर्णय नियम संगत भएका समेत बताउँदै कार्यकारी सरकारले गर्ने निर्णयलाई कसैले हस्तक्षेप गर्न नसक्ने उनकोे जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू